• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
`सरकार र सदनको प्राथमिकता मिडिया पर्नसकेका छैन्´ : अध्यक्ष पोख्रेल




घोराही / नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले सरकार र सदनको प्राथमिकतामा मिडिया पर्न नसकेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाले आइतवार घोराहीमा आयोजना गरेको पत्रकारिता आचारसंहिता विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेलले राज्य र सदनको प्राथमिकतामा मिडिया पर्न नसक्दा लामो समयदेखि बनेका ऐन, कानुन सही ढङ्गले कार्यान्वयन हुन नसकेको बताए । `धेरै पहिले बनेका ऐन र कानुन कार्यान्वयन हुन सकेका छैनन्´ उनले भने ‘बनेका ऐन, नियमहरू कार्यान्वयन नहुँदा मिडिया क्षेत्रमा देखिएका समस्या समाधान हुन नसक्दा राज्यको उदासीनताका कारण सञ्चार क्षेत्रको अपेक्षाकृत रूपमा विकास हुन सकेन् ।´

महासंघका अध्यक्ष पोख्रेलले प्रेस स्वतन्त्रता रक्षाका लागि आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिए । ‘प्रेस स्वतन्त्रता रक्षाका लागि पत्रकारसँगै मिडियाले अनिवार्य रूपमा आचारसंहिता पालना गर्न आवश्यक छ’, उनले भने, ‘आचारसंहिताको उल्लङ्घनले प्रेस स्वतन्त्रतालाई कमजोर बनाउँछ, जसले गर्दा हरेक पत्रकारले आचारसंहिता पालनामा जोड दिनुपर्छ ।’ आचारसंहिताका कार्यान्वयनका लागि स्वयम् पत्रकार सचेत रहन आवश्यक रहेको अध्यक्ष पोख्रेलको भनाइ थियो ।

प्रेस काउन्सिलका केन्द्रीय सदस्य दीपक पाण्डेले कार्यक्रमको विषय प्रवेश गराउँदै पत्रकारिता गम्भीर संकटमा गुज्रिरहेको बताए । उनले आम संचारलाई समेट्ने गरि आचारसंहितालाई नयाँ रुप दिनुपर्ने उद्घोष गरे । ऎन र नियममा ठूलो समस्या रहेको भन्दै पाण्डेले अब जनमुखी कानुन निर्माण हुनुपर्ने बताए । उनले मिडियालाई नियम गर्न सकेनौं भने आगामी ५ वर्षपछि महासंघ र काउन्सिलको अध्यक्षमा ठेकेदारहरु आउन सक्ने  कुरामा जोड दिए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका संयोजक संजिता खड्काले दाङको पत्रकारिताको इतिहास लामो भएको बताउदै पत्रकारका थुप्रै समस्या र चुनौती बताइन् । उनले दाङमा राष्ट्रिय र क्षेत्रीय लेवलका तालिम तथा कार्यक्रम गर्नेकुरामा जोड जोड दिइन् । न्यूनतम पारिश्रमिक समिति नाम मात्रको र अधिकारबिहीन भएको हुँदा यसको नाम र ऎन संशोधन गर्न सकिएमा मात्र काम गर्न सकिने स्पष्ट पारिन् ।

प्रेस सेनानी सुशील गौतमले मिडिया नियमन गर्ने प्रेस काउन्सिल महत्त्वपूर्ण भूमिका रहेको भन्दै काउन्सिललाई सक्रियता र व्यवस्थित बनाउनुपर्ने बताए । उनले आचारसंहितामा उल्लंघनका घटनाले प्रेस स्वतन्त्रता कम्जोर हुँदै जाने भएको हँदा प्रेस स्वतन्त्रतालाई बलियो बनाउनका लागि आचारसंहिताको पालना गर्नुपर्ने कुरामा जोड दिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्व अध्यक्ष प्रताव रेग्मीले पुरानो पत्रकारिता आचारसंहितालाई परिमार्जन गरेर नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताए । उनले आर्थिक मन्दीसँगै मिडियामा थप संकट बढ्दै गएको हुँदा पत्रकार मात्र होईन यहाँ कर्मचारी र राजनीति दल समेत सच्चिनुपर्ने कुरामा जोड दिए ।

महासंघका सल्लाहकार सबिन पृयासनले काउन्सिलले नेपाली पत्रकारिताका लागि नयाँ ढंगले र व्यस्थित बनाउनुपर्ने बताए । उनले मिडियाका लागि लोककल्याणकारी विज्ञान वृद्धि गर्नतिर काउन्सिलले ध्यानदिनुपर्ने कुरामा जोड दिए ।

महासंघका सल्लाहकार सुदीप गौतमले काउन्सिलले मिडिया खोल्ने प्रक्रियामै अंकुस लगाएको बताए । उनले आचारसंहिताको अनुगमन गर्ने संस्था काउन्सिलले मिडियाको विकासका लागि भूमिका निर्वाह गर्नुपर्ने कुरामा समेत जोड दिए ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसीको अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेलको प्रमुख आतिथि तथा प्रेस काउन्सिल नेपालका केन्द्रीय सदस्य दीपल पाण्डेको विशेष आतिथ्यमा भएको कार्यक्रममा महासंघका पूर्व अध्यक्षहरु, सल्लाहकार, मिडिया संचालन / सम्पादक, जिल्लामा कृयाशील पत्रकार संगठनका अध्यक्ष/ प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसुन्धारा गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब आरके शीतलले गरेका थिए ।

 

Facebook Comments