महेन्द्र बहुमुखी क्याम्पस दाङको उपसभापतिमा नेविसंघका दिपेन्द्र खड्का र सहसचिवमा नेविसंघकै प्रख्यात सुवेदी चयन भएका छन् ।
स्ववियुको आज बसेको पहिलो बैठकले उपसभापतिमा खड्कालाइ र सहसचिवमा सुवेदीलाई चयन गरेको हो । उनिहरु समानुपातिक तर्फबाट स्ववियु सदस्यमा निर्वाचित भएका थिए । उपसभापति र सहसचिव समानुपातिक तर्फबाट निर्वाचित सदस्यलाइ मनोनित गर्ने प्रावधान छ ।
स्ववियु सभापती मनोज डिसीको अध्यक्षतामा बसेको पहिलो बैठकले उपसभापती र सहसचिव चयन गरेको हो । यसैबिच निर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यहरुले आज सपथ ग्रहण समेत गरेका छन् । गत ८ गते सम्पन्न निर्वाचनमा मनोज डिसी नेतृत्वको नेविसंघको प्यानल विजयी भएको थियो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
