• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु,  दुईजना गम्भीर घाइते




दाङ, १९ चैत । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९, चम्पापुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
कपिलवस्तुकै विजयनगर गाउँपालिका–४, त्रिपालनगरका २९ वर्षीय बाबुराम कुँवरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।No description available.
घाइते भएका दाङको घोराही उपमहानगपालिका–१, रामपुरका ३० वर्षीय बलदेव पौडेल र विजयनगर–४ का ३५ वर्षीय राज मगरको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ ।
गए राति करिब साढे १० बजे उनीहरू दुर्घटनामा परेका थिए । बिग्रिएर सडकमा रोकिराखेको ग१ख ३८३५ नम्बरको मिनिट्रकको पछाडि उनीहरू तीनजना सवार रा३प ७६७० नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकलका चालक को हुन् भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
Facebook Comments