घोराही । घोराही उपमहानगरपालिका १५ भरतपुरमा रहेको एविसी एकेडेमी मन्टेश्वरी स्कुलले दिक्षान्त समारोह गरेको छ । स्कुलले मन्टेश्वरी तह पास गरेर कक्षा १ मा गएका विद्यार्थीहरुलाई दिक्षित र कक्षा ५ पास गरेकालाई बिदाई गरेको हो । विद्यालयका अध्यक्ष गोविन्द न्यौपानेको अध्यक्षता एवं घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि विद्यार्थीहरुलाई दिक्षित र विदाई गरिएको हो ।
सम्बन्धित बालबालिकाका अभिभाबकलाई समेत विद्यालयले उपस्थित गराई बालबालिकालाई दिक्षित र विदाई गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले संस्कार युक्त शिक्षा अहिलेको आवस्यकता भएको बताउनुभयो । एक अर्कालाई आदर सम्मान र पढाईमा अब्बल बनाउने शिक्षा दिनुपर्नेमा जोड दिनुभयो ।
प्रतिस्पर्धामा रहेको शिक्षा व्यवहारीक, सिपयुक्त, संस्कारयुक्त र कामकाजी हुन आबस्यक रहेको बताउनुभयो । कार्यक्रममा शिक्षक महासंघ नगर कमिटी अध्यक्ष निशान्त आचार्य र घोराही उपमहानगरपालिकाका प्रेस संयोजक निमुसंगम घर्तीले कितावी ज्ञान सँगै व्यबहारीक र दैनिक कार्यमा जोडिने क्रियाकलापलाई समेत विद्यालयले सिकाइकारुपमा लैजानु पर्नेमा जोड दिनुभयो । शिक्षिका राधिका शर्माको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रममा संचालक समितिका सदस्य नारायण तर्ताल, प्रिन्सीपल सर्मिला योगीले समय अनुसारको शिक्षा दिन आफुहरु तत्पर रहेको बताउनुभयो ।
अभिभाबक र बालबालिकाको मन जितेर आफुहरु समय अनुसारको व्यवहारीक शिक्षा दिन प्रतिबद्ध रहेको बताउनुभएको हो । कार्यक्रमको सहजिकरण शिक्षिका मिना वलीले गर्नुभएको थियो । कार्यक्रममा बालबालिकाकाले नृत्य सँगै विभिन्न आफ्ना कलाहरु प्रस्तुत गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
