तुल बहादुर कवँर मगर
दाङकाे राप्ती गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रिम बहादुर सुनारी मगरले शुक्रबार एक अति विपन्न विद्यार्थीलाई ड्रेस तथा विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गर्नु भएको छ।
वडाको देवि प्राथमिक विद्यालय मसुरिडाँडामा कक्षा एक मा अध्यनरत अति विपन्न सात वर्षिय विद्यार्थी गाेबिन्द बहादुर थापा मगरलाई साे सहयोग सामाग्री प्रदान गर्नु भएको हाे।
उनलाई सहयोग गर्न वडा अध्यक्ष सुनारी मगर उनकै निवास साेतीटाेला पुग्न भएको थियाे।
सहयोग सामाग्री प्रदान गर्दै वडा अध्यक्ष सुनारी मगरले आगमी दिनमा उनकाे पढाइको सम्पूर्ण जिम्मा वडाले लिने बताउनुभएको छ।त्यस्तै उहाँले वडा भित्र त्यस प्रकारका विद्यार्थीहरू भएकाे खण्डमा उनीहरुकाे ड्रेस,चप्पल कापी, किताब,झाेला, लगायत सम्पूर्ण पढाइ खर्च वडा कार्यलयले व्यहोर्ने बताउनु भएको छ।
त्यस्तै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बालबालिकाहरूकाे पढ्ने लेख्ने नैसर्गिक अधिकार भएकाे उल्लेख गर्दै त्यस प्रकारका बालबालिकाहरुकाे पढाइ लेखाईकाे सम्पूर्ण जिम्मा स्थानीय सरकारले लिने बताउनु भएको छ।
त्यसै उहाँले आगामी शैक्षिकसत्र देखि विद्यार्थी भर्ना कार्यक्रमलाई विशेष अभियानकै रुपमा सञ्चालन गर्ने बताउदै कतै अनाथ तथा विपन्न बालबालिका भए उनीहरूको अभिभावकत्व पालिकाले लिने बताउनुभयो ।
उहाँले भन्नुभयो “गरिबीकै कारण पालिका भित्रका कुनै पनि बालबालिकाहरु पढाइ बाट बन्चित हुनु पर्दैन ,उनीहरूकाे पढाइको सम्पूर्ण जिम्मा स्थानीय सरकारले लिन्छ।”
सानै उमेरमा आमा गुमाएका गाेविन्दका बाबु खिम बहादुर थापा मगर विगत दुई वर्ष अघि देखि मजदुरीकाे शिलसिलामा भारतमा रहेका छन्।
उनकाे दुई भाइ छाेराहरु मध्ये गाेविन्द कान्छा छाेरा हुन् भने अर्का जेठा छाेरा १२ वर्षका राम बहादुर थापा मगर छन्।उनीले पनि केही महिना अगाडि आर्थिक अभावकै कारण बिचमै पढाइ छाडेका थिए। गाेविन्द हाल उनै दाजु सँगै घरमा बस्दै आएका छन्।
एक वर्ष पहिले विद्यालयमा भर्ना भएका गाेविन्द शुरु शुरुमा केही मानसिक रुपमा विछिप्त देखिए पनि हाल भने सामान्य विद्यार्थी सह्र रहेको विद्यालयका प्रधानाध्यापक गाेकर्ण पाैडेलले बताउनु भएको छ।
केही दिन देखि उनकाे सामाजिक सञ्जालमा समेत चर्चा हुँदै आएको छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
