• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टेलिफोनका ग्राहकको गुनासो सुनुवाइमा गम्भीर बन्न मन्त्री शर्माको निर्देशन




भैरहवा / सन्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेलिफोनका बिषयमा सेवाग्राहीबाट आउने गुनासोप्रति गम्भीर बन्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाको निरीक्षणपछि कर्मचारीलाई सम्बोधन गर्दै उहाँले सरकारले जनताको सेवा प्रवाहलाई सहज बनाउने नीतिलाई प्राथमिकतामा राखेकाले टेलिकमको सेवा प्रवाह पनि सहज हुनुपर्ने बताउनुभयो ।

सेवाग्राहीले सेवा नपाउदा गर्ने गुनासो सुनुवाइलाई प्राथमिकतामा राखेर त्यसलाई सम्बोधन गर्नेगरी कर्मचारीलाई प्रशिक्षित गर्न पनि उहाँले आग्रह गर्नुभयो । आफू मन्त्री भएपछि पहिलो निर्णयको रुपमा राजमार्गको सबै ठाउँमा मोबाइल र इन्टरनेट सेवा विस्तार गर्न निर्देशन दिएको स्मरण गराउदै उहाँले यसको पूर्ण कार्यान्वयनमा जा पनि आग्रह गर्नुभयो ।

राजमार्गसंगै अस्पताललगायतका समवेदनशील ठाउँलाई प्राथमिकता दिएर सेवा विस्तार गर्न आग्रह गर्दै मन्त्री शर्माले लुम्बिनी प्रदेशको कति प्रतिशत क्षेत्रमा फोन र इन्टरनेट विस्तार भएको छ र बाकी क्षेत्रमा कहिले पुर्याउन सकिन्छ भनेर अध्ययन गर्न पनि निर्देशन दिनुभयो ।

उहाँले कर्मचारी व्यवस्थापनमा पनि ध्यान दिन आग्रह गर्दै कोही दुर्गममा बसिरहने र कोही पहुँचको भरमा सुगममा बस्ने अवस्था रहन नहुने बताउनुभयो । हरेक कर्मचारी म यति समय सुगममा बसे भने यति समय दुर्गम जानुपर्छ भन्ने मानसिकतामा बस्नुपर्नेमा मन्त्री शर्माले जोड दिनुभयो ।

नेपाल टेलिकमका प्रादेशिक निर्देशनालयका प्रबन्धक शिव खनालले प्रदेशभित्रको टेलिफोन सेवाको अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

Facebook Comments