आज बिहानैदेखि लुम्बिनी लगायका अन्य प्रदेशमा वर्षा केही ठाउँमा वर्षा भइरहेको छ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। यो क्रा आइतबार पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
