• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
यादव विद्यार्थी संघद्वारा राजपुरमा बृहत खेलकुदको आयोजना हुँदै




श्रवण कुमार यादव

देउखुरी। राजपुर गाउँपालिका-३,शंकर मावि खरदरियाको प्राङ्गणमा यादव विद्यार्थी संघ दाङ देउखुरीको राजपुर र गढवाकाे संयुक्त आयोजनमा बृहत खेलकुद प्रतियोगिता हुने भएकोे छ।

यही आउँदै गरेको नयाँ बर्ष २०७९ सालको उपलक्ष्यमा यादव खेलाडी भाइबहिनीहरुका लागि उक्त खेलकुद प्रतियोगिताकाे आयोजना गरिएको जानकारी खेलकुद संयोजक कृष्ण कुमार यादवले जानकारी गराएका हुन्।

यही चैत्र महिनाको २५ गते विहान १० बजे उक्त कार्यक्रम भव्यताका साथ उद्दघाटन हुने बताएका हुन्। उनले यादव समुदायको सांस्कृति झल्किने झाँकी र नृत्य कार्यक्रम, एथलेटिक्स तर्फका खेलकुदहरू, घैटाफोर, फुटबल, हाजिरीजवाफ लगाएतका खेलकुदहरु रहेको बताउनुभयो।

जिल्लाकै अति दुर्गम र विकट क्षेत्र मानिएको र यादव परिवार बढि रहेको क्षेत्र राजपुरमा खेलकुद महोत्सव सञ्चालन गरेर सबै यादव परिवारको ध्यान केन्द्रित गर्ने र त्यहाँका यादव समुदायका युवालाई पनि सक्रिय बनाउने उद्देश्यले खेलको आयोजना गरिएको उक्त खेलकुद प्रतियोगिताका सल्लाहकार श्रवण कुमार यादवले बताउनुभयो।

Facebook Comments