• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जनप्रिय स्कुलद्वारा कक्षा १० का विद्यार्थीहरुलाई बिदाइ




अंकित आचार्य
चैत १४ तुलसीपुर /जनप्रिय इङ्लिस स्कुलले आज एक कार्यक्रममावीच कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई बिदाइ गरेको छ। शैक्षिक शत्र २०७९ को एस.ई.ई. परीक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाइ गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा २ का वडा अध्यक्ष भीमबहादुर योगीको प्रमुख आतिथ्यमा र कक्षा ९ का छात्र दिनेश चौधरीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षिका बेदा योगी, शिक्षकहरु बासुदेव आचार्य , नवीन शर्मा, राम बहादुर के सी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्बिका प्रसाद योगी, विद्यालयका प्राचार्य प्रकाश कुमार शर्मा , प्रमुख अतिथि वडा अध्यक्ष भीम बहादुर योगीले मन्तव्य राख्नुभएको थियो।

अनुशासन हरेक क्षेत्रमा आवश्यक रहेकाले अनुशासनमारही उच्च शिक्षाको लागि कुनै एक क्षेत्र रोजेर विश्व वजारमा प्रतिस्पर्धा गर्ने किसिमले प्रयोगात्मक तरिकाबाट अगाडि बढेमा जीवनमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने कुरा वक्ताहरुले राख्नु भएको थियो।

कार्यक्रममा कक्षा ८ र ९ का विद्यार्थीले सांस्कृतिक कार्यक्रम गरेका थिए। कक्षा ९ की छात्रा स्मृती चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कक्षा ९ का छात्र अन्नत गिरीले गरेका थिए ।

Facebook Comments