चैत १४ दाङ/ दाङको बंगलाचुली गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको वर्गीकरणको काम गाउँपालिकाको कार्यालय बाटै गर्न सुरु गरेको छ ।अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि बंगलाचुली गाउँपालिकाले पालिकाबाटै अपाङ्गता वर्गिकरण गरी परिचयपत्र दिन सुरु गरेको हो ।
अपाङ्ग परिचयपत्रका लागि डाक्टरको अपाङ्गता वर्गिकरण सिफारीस अनिवार्य रहेको र अपाङ्गता भएका व्यक्तिहरुलाई वर्गीकरणको सिफारिस लिन जिल्ला सदरमुकाम घोराही जानुपर्ने बाध्यता रहेको, साथै अपाङ्गता भएका व्यकिहरुलाई अन्य विभिन्न झन्झट झेल्नु परेको जनगुनासो आएको भन्दै गाउँपालिकाको कार्यायबाटै अपाङ्गता वर्गिकरण गरि परिचय पत्र दिने व्यवस्था गरेको गाउँपालिका उपाध्यक्ष एवं गाउँपालिका अपाङ्ग समन्वय समितिका संयोजक भक्त बहादुर जीसीले जानकारी दिनुयभो ।
गाउँपालिकाले आयोजना गरेको एकदिने शिविरमा आज २४ जनाको अपाङ्गता वर्गिकरण गरिएको छ । आज क वर्गको ९ जना, ख वर्गको ९ जना र घ वर्गको ६ जनाको वर्गिकरण गरीएको छ । जसमा १८ जना पुरुष र ६ जना महिला रहेका छन् । यो कार्यलाई क्रमशस् गाउँपालिकाको विभिन्न वडाहरुलाई समेट्नेगरी निश्चित दिन तोकेर अपाङ्गता वर्गिकरणको काम गरिने समितका संयोजक भक्त बहादुर जिसीले जानकारी दिनुभयो ।उहाँले अपाङ्गता वर्गिकरण गरीएकै दिन अपाङ्गता परिचयपत्र समेत प्रदान गरिने बताउनुभयो ।
बंगलाचुली गाउँपालिकाले गाउँपालिकाको कार्यालय बाटै निशुल्क अपाङ्गता वर्गिकरणको व्यवस्था गरेपछी अपाङ्गता भएका व्यक्तिहरुलाई अब देखि सहज हुनेभएको छ । आजको शिविरमा शारिरीक समस्या भएका १६ ,मानसिक समयस्या भएका ४ , दृष्टीमा समयस्या भएका ३,सुनाईमा समस्या भएका १ , मिश्रीत समस्या भएका २ जना सेवाग्राही सहभागि रहेका थिए ।
गाउँपालिकाको विभिन्न वडाहरुबाट आएका अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता परिचय पत्रका लागि अपाङ्गता वर्गिकरण गरिएको हो । अपाङ्गता परिचय पत्रका लागि राप्ति स्वास्थ्य विज्ञापन प्रतिष्ठानका विशेषज्ञ जनरल प्रयाक्टिस एण्ड ईमरजेन्सी मेडिसिन डाक्टर उमाकान्त तिवारीले अपाङ्गता परिचय पत्रका लागि वर्गिकरण गर्नुभएको थियो ।सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरले नागरिकलाई हरेक क्षेत्रमा सहजता प्रदान गर्नकालागि आफुहरु लागिपरेको बताउनुभयो ।

अध्यक्ष पुनले राज्यका हरेक सेवासुविधालाई नागरिकमैत्री बनाउँदै नागरिककै सहजताका लागि काम गर्ने बताउनुभयो । कार्यक्रममा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,वडा नम्वर चारका अध्यक्ष डाँस बहादुर डाँगी,छ का अध्यक्ष डोम बहादुर केसी,कार्यपालिका सदस्य गणेश विश्वकर्मा लगाएतको सहभागिता रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
