• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
वाइसीएल रुन्टीगढीको बैठक, अनियमित गतिविधिविरुद्ध एकजुट बन्न प्रदेश सदस्य पुनको आग्रह




नन्दराम खड्का
रोल्पा, १४ चैत । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट युवा संगठन वाइसीएल नेपाल रुन्टीगढी गाउँपालिकाले सोमबार नियम बैठक सम्पन्न गरेको छ।

नेकपा माओवादीका प्रदेश कमिटी सदस्य गोबिन्द पुन(नजर)प्रमुख आथित्यतामा एबं वाइसीएल रुन्टीगढीका अध्यक्ष क्षितिज मगरको अध्यक्षता सम्पन्न कार्यक्रममा निबर्तमान जिल्ला समन्वय समिति उपप्रमुख बिमला बुढा थापा,नेकपा माओवादी रुन्टीगढी अध्यक्ष लगायत सयौं युवाहरूको सहभागिता रहेको थियो।

कार्यक्रम संगठनलाई कसरी सुढृडिकरण गर्न सकिन्छ भन्ने छलफल भएको अध्यक्ष मगरले जानकारी दिनु भयो। संगठन बलियो बनाएर जनताहरुको हरेक समस्या समाधान गर्न आफुहरु लागि पर्ने मगरले बताउनुभयो।

बैठले चैत १९ गतेबाट विभिन्न नेता कार्यकर्ताहरुको उपस्थितिमा रुन्टीगढी गाउँपालिकाका ९ वटै वडाहरुमा सांगठनिक कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

कार्यक्रममालाई सम्बोधन गर्दै प्रदेश सदस्य पुनले स्थानीयस्तरमा हुने अनियमितता,बिभेद,भ्रष्टाचार जस्ता गतिविधिहरुको सुक्ष्म रुपले अध्यन गरेर त्यसलाई खबरदारी गर्न सबै वाइसीएलहरु एकजुट बन्न निर्देशन दिनुभएको छ।

मुलुक परिवर्तनमा आफुहरुको ठुलो योगदान रहेकाले वाइसीएल अब तात्न पर्ने उहाँको भनाई रहेको थियो।एकएक गतिविधिको भण्डारफोर गर्न सबै वाइसीएल शसक्त बन्नुपर्ने प्रदेश सद्स्य पुनको निर्देश रहेको छ।

Facebook Comments