• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सिस्नेको होर्दिङसम्म सडक सञ्जाल जोडियो




बिरस थापा रुकुम / रुकुम पूर्वकाे सिस्ने गाउँपालिका ५ र ६ नम्बर वडा अन्तर्गत पर्ने पाथीहाल्ना झिङ्रि र हाेर्दिङसम्म सडक सञ्जालले जाेडिएकाे छ । बिगतदेखस नै सडक सञ्जालकाे सुविधाबाट बञ्चित भएका स्थानीय बासिहरुकाे आवश्यकतालाई मध्यजनर गर्दै लुम्बिनी प्रदेशको प्रादेशिक सडक अन्तर्गत सडक पूर्वाधार बिकास कार्यालय रुकुमकाेटकाे आयाेजनामा सडक ट्रयाक ओपन भएको हाे । उक्त सडक खण्डमा आवश्यकता अनुसार स्तरउन्नति गर्ने बताइएको छ ।

उक्त याेजना सुरु भएको बिगत ३ आर्थिक बर्षदेखि हाे । आव २०७७/०७८ बाट सुरु भइ आव ०७९/८० सम्म पातिहाल्नाबाट हाेर्दिङसमम सडक पुगेकाे छ । दुधिल्लेगैरा पातिहाल्नालेखि हाेर्दिङसम्म ६ किलोमिटर सडक खनिएको र लक्ष्य अनुसार अब करिव ४ किलोमिटर खन्न बाकि रहेको सडक पूर्वाधार बिकास कार्यालयका सुचना अधिकारी बिकास गाैतमले जानकारि दिनुभएको छ । उहाँका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३५ लाख , २०७८/७९ मा २५ लाख र २०७९/८० मा २० लाख गरेर तीन आर्थिक वर्षमा जम्मा बजेट रकम ८० लाख रहेको छ ।

सुरुमा काेपिला निर्माण सेवा प्रालिले काम पाएकाे थियो भने दाेस्राे पटक एम बि ग्रुप प्रालि पान्डे निर्माण सेवा प्रालिले काम गरेको थियो भने अहिले पान्डे निर्माण सेवा प्रालिले साेहि खण्डकाे काम सम्पन्न गरेको छ । अहिलेसम्म याे क्रमागत याेजना भएकोले पुन बजेट आएपछि कुचिवाङदेखि दाेमहिसम्म सडक खन्ने काम गरिने कार्यालले बताइएको छ ।

आज हाेर्दिङमा स्थानीय अगुवाहरु तालसिह बुढा बलबहादुर छिनाल र हस्तहादुर बुढा र पर्णजंग सिहले लगाएतकाे टाेलिले स्वागत गरेको थियो । भने सडकलाई स्थानीय जेष्ठ नागरिक ८४ बरषिय बलिराम खड्काले रिवन काटेर सडक उद्वाटन गर्नुभएको ।

Facebook Comments