• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बनगाड कुपिण्डेमा घरेलुहिंसा न्यूनीकरण तथा कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण




सल्यान / सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा घरेलु हिंसा न्यूनीकरण तथा कानुनी सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । बनगाड कुपिण्डे नगरपालिका महिला तथा बालबालिका शाखा देवस्थल सल्यानको आयोजनामा दुई दिने अभिमुखीकरण सोमबार उद्घाटन भएको छ ।

बनगाड कुपिण्डे नगरपालिका ८ बाबिचौरमा उक्त कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले घरेलु हिंसा लगायत जनताको जीवन स्तर सम्बन्धी ज्ञान सीप लगायत विभिन्न कार्यक्रममा राख्ने र जति ज्ञान सिक्दै गयो उति कम हुने हुँदा यसलाई कहिले पूरा नहुने भएकोले नयाँ नयाँ ज्ञान सिक्नु पर्ने बताउनु भएको छ । सङ्घर्ष मेहनत गर्नु पर्ने बोलेका कुराहरू जीवन व्यवहारमा लागू गर्नु पर्नेमा समेत जोड दिनु भएको छ ।

घरेलु हिंसा अन्त्य गर्न पहिला आफ्नो घरपरिवार बाट नै सुरु गर्नु पर्नेमा जोड दिनु भएको छ । विभिन्न जातिहरूको बसोबास गर्ने यस नगरपालिकामा सबैले ज्ञान, सीप र स्वभावलाई एक ठाउँमा ल्याएर चेतना स्तर वृद्धि गर्न पनि लाग्ने बताउनु भएको छ । आफूले घरेलु हिंसा अन्त्य गर्न पहिला शिक्षा नै आवश्यक पर्ने भएकोले त्यसलाई पहिलो प्राथमिकता राखेको र त्यो कार्यान्वयन प्रक्रियामा अगाडि बढेको समेत बताउनु भएको छ । नया वर्ष देखि शैक्षिक योजना, स्थानीय पाठ्यक्रम निर्माण तथा स्वास्थ्य क्षेत्रमा प्राथमिकता राखेर अगाडि बढेको समेत बताउनु भएको छ ।

शिक्षा सुधारको लागि पहिलो गुरु आमाबाबु भएकोले आफ्ना छोराछोरी भविष्य बनाउन लाग्नु पर्ने त्यसको लागि नियमित स्कुलमा पठाउनु पर्ने र बाकी थप शिक्षाको जिम्मेवारी नगरपालिका लिने समेत बताउनु भएको छ । जनताको जीवन स्तर सुधारको लागि आय आर्जनका कार्यक्रम ल्याउने त्यसको लागी अहिले केही क्षेत्रमा कृषि, बाख्रा पालन लगायत पकेट क्षेत्र घोषण गरेर अगाडि बढेको समेत बताउनु भएको छ । त्यसको लागि दक्ष जनशक्तिको आवश्यक पर्ने समेत बताउनु भएको छ ।

घरेलु हिंसा, लैङ्गिक विभेद, यसबाट महिला, पुरुष बालबालिका तथा ज्येष्ठ नागरिकमा पर्ने प्रभाव, घरेलु हिंसा, लैङ्गिक विभेद, बालविवाह, बहु विवाह जस्ता जघन्य अपराधमा हुने कानुनी सजायको सम्बन्धमा अधिवक्ता तथा कानुनी सल्लाहकार इन्द्रबहादुर भण्डारीले प्रशिक्षण दिनु भएको थियो ।

लिङ्ग र लैङ्गिकता लैङ्गिक समानता, लैङ्गिक मुलप्रवाहिकरण तथा महिला सशक्तीकरण सम्बन्धी महिला विकास निरीक्षक निरु शाहीले, मानसिक स्वास्थ्य यसका असर तथा रोकथाम उपायहरू मनोसामाजिक परामर्शकर्ता द्रोण रिले अभिमुखीकरण गर्नु भएको थियो ।

सहायक महिला विकास निरीक्षक लक्ष्मी शाहीले बालविवाह, बहुविवाह यसको असर तथा प्रभाव र रोकथामका उपायहरू सम्बन्धी सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको थियो सञ्चारको अर्थ र सञ्चार सिपहरूको साथै यसको फाइदा तथा बेफाइदाहरू सम्बन्धी कम्प्युटर अपरेटर हिरालाल टमाटाले गर्नु भएको थियो । प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्व सम्बन्धी अहेव कमल खड्का र घरेलु हिंसा न्यूनीकरण सम्बन्धमा प्रहरी प्रशासनले गर्ने सहयोग सम्बन्धमा अ स ई विनोद रेग्मीले प्रशिक्षण गर्नु भएको थियो ।

कार्यक्रम बोल्ने सहभागीहरूले घरेलु हिंसाको मुख्य कारण मदिरा सेवन, आर्थिक कारण, अहिलेको सामाजिक सञ्जाल, शिक्षाको कमी, बहुविवाह, बालविवाहले हुने बताएका छन् । यता कार्यक्रमलाई नियमित बनाउन समेत सुझाव दिएका छन् ।

Facebook Comments