श्रवण कुमार यादव
देउखुरी। लमही नगपालिका-७, देउखुरी दाङमा रहेको सम्राट सिमेन्ट उद्योग प्रालिबाट प्रभावित नवगठित संघर्ष समितिकाे सांकेतिक धर्ना कार्यक्रम सम्पन्न भएकोे छ।
लमहि नगरपालिका वाड नं ७ मा गठित सम्राट सिमेन्टबाट प्रभावित संघर्ष समितिकाे घोषित आन्दाेलनकाे कार्यक्रम अन्तरगत आजदेखि अनिश्चतकालीन बाटाे बन्द गर्ने कर्यक्रम सुरू भएकाे छ। सम्राट सिमेन्ट कम्पनी ले यस अघि पटक पटक स्थानीयसंग गरिएकाे संझाैता कार्यान्वयन नगरेकाे भन्दै स्थानीय आन्दाेलित भएका हुन्।
यस अघि गठित संघर्ष समितिले ७ दिने अफ्टिमेटम दिँदै लमही नगरपालिका , वडा कार्यालय , जिल्ला प्रशासन कार्यालय , जिल्ला प्रहरी कार्यालय लगायतका स्थानमा ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रका बिषयमा नगरपालिकामा हिजाे भएकाे छलफलमा कम्पनी संचालक जिम्मेवार नहुँदा आन्दोलनकाे कार्यक्रम तय गरिएको हाे। सम्राट सिमेन्ट अघोग प्रालिले बिगत २०७० साल देखि गरेकाे संझाैता कार्यान्वयन नगरि स्थानिय प्रति गैर जिम्मेवार बन्दा समस्य उत्पन्न भएकाे स्थानियकाे आराेप रहेको छ।
उद्योगका कारण धुलाे, धुवाँ र ध्वनि बढेकाले बस्ती विस्थापित हुने जाेखिममा रहेकाे स्थानियको भनाई रहेको छ। आज धर्ना कार्यक्रममा “स्थानीय जनताको माग पुरा गर, सम्राट सिमेन्टकाे ज्यादती बन्द गर, जादुती विरुद्ध एक होऔँ, मजदुरहरूको माग पुरा गर, विगतका सम्झौताहरू लागू गर, प्रदुषण नियन्त्रण गर” लगाएतका नाराहरू समेटी स्थानीयहरू नाराजुलुस गरेका थिए।
उता नौ गते बिहीबार सम्राट सिमेन्ट उद्योगका कारण बस्तीमा असर परेकाे भन्दै दुई घण्टा धर्ना दिइएको थियाे। संघर्ष समितिको घाेषित कार्यक्रमअन्तर्गत उद्योगको मूल प्रवेशद्वारमा कालो ब्यानर टाँगेर धर्ना गरिएको थियाे।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
