• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
बबईको हापुरेमा एक करोड लगानीमा साबुन उद्योग




बबई गाउँपालिकाको हापुरे बजारमा एक करोड बढी लागतमा साबुन उद्योग सञ्चालन गरिएको छ । स्थानीय दयाराम बिकले साबुन उद्योग सञ्चालन गर्नुभएको हो ।
भारतको काल्कामा रहेको साबुन उद्योगमा करिब ६ वर्ष गरेको कामलाई ब्यवहारमा उतार्दै उहाँले दुई वर्षदेखि उद्योग सञ्चालन गरेको बताउनुभयो । शुरुको समयमा दुई ब्यक्तिले लगानी गरेर उद्योग सञ्चालन गरे पनि पछिल्लो समयमा दयाराम बिकले एक्लै उद्योग सञ्चालन गरिरहनुभएको छ ।
रोजगारीको सिलसिलामा भारतको साबुन उद्योगमा काम गर्ने क्रममा प्राप्त गरेको सीपलाई सदुपयोग गर्न उद्योग स्थापना गरेको बताउनुभयो । उहाँले भारतमा डिटोल साबुन उत्पादन गर्ने उद्योगमा काम गरेको अनुभवलाई उद्योगमा परिणत गर्नुभएको हो ।
उद्योग सञ्चालन गर्न एक करोड २५ लाख रुपैयाँ लगानी गरेको उहाँले जानकारी दिनुभयो । बबई गाउँपालिकाको केन्द्र हापुरे बजारमा दयाराम विकले दया उजेली साबुन उद्योग सञ्चालन गर्नुभएको हो । उद्योगबाट लुगा धुने साबुन र सर्प उत्पादन गर्न शुरु गर्नुभएको छ । साथै उत्पादन गरिएको साबुन र सर्प बिक्रीमा कुनै समस्या नरहेको सञ्चालक विकको भनाइ छ ।
Facebook Comments