• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दर्शकको साथ र मायाले उत्साहित छु : नायक पल शाह




दाङ, ११ चैत्र । अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस जागर आएको बताउनुभएको छ । दर्शकले गरेको माया र सद्भावलाई आत्मसाथ गरी अगाडि बढ्ने उहाँको भनाइ छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा गरेको स्वगत सम्मान तथा साक्षात्कारमा कार्यक्रममा बोल्दै शाहले भन्नुभयो, विगत एक वर्षदेखि आफू ओझेलमा हुँदा पनि आम दर्शक र गृह जिल्ला बासीले गरेको माया र साथलाई कहिले पनि भुल्दिन, अभिनेता शाहले दर्शकको मायालाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफूलाई विभिन्न क्षेत्र बाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा माया गर्ने दर्शकहरुलाई धन्यबाद पनि दिनुभएको छ ।

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ कि निवर्तमान उपाध्यक्ष लीला शाह, नेपाल पत्रकार महासंघ दाङका सचिव आर के शितल, नेपाल पत्रकार महासंघ दाङका सह-सचिव दीप्ति शिखा चौधरी, चलचित्र पत्रकार संघ दाङका सल्लाहकार शरद रेग्मी लगायतकाले आ-आफ्नो कुरा राख्नु भएको थियो ।

कार्यक्रमको सहजीकरण संघकाे सचिव निरला अर्यालले गर्नु भएको थियो ।

Facebook Comments