देउखुरी । देउखुरीमा एक्कासी सिमेन्ट बोकेको ट्रयाक्टरमा आगलागी हुँदा जलेर पुर्णरुपमा क्षति भएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ हसनापुर स्थित ट्राफिक चेकिङमा रोकिराखेको ट्याक्टरमा शुक्रबार आगलागी भएको हो ।
सम्राट सिमेन्ट कम्पनीबाट सिमेन्ट लोड गरी लु १ त ७६०६ नम्बरको ट्याक्टर पश्चिम तर्फ जाँदै गर्दा तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ ।
त्यस्तै ट्याक्टर सिमेन्ट कम्पनीको आफ्नै रहेको बुझिएको छ । आगलागीबाट मानबिय क्षेती भने भएको छैन । लमही नगरपालिकाको दमकलले आगो नियन्तरणमा लिएको हो । ट्याक्टरमा रहेको सिमेन्ट सकुशल रहेको प्रहरीको भनाई छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
