काठमाडौँ । रेडियो नेपालले दाङको चौपट्टमा स्थापित एफएम रिले स्टेशनबाट परीक्षण प्रसारण सुरु गरेको छ ।
एफएम ब्यान्डमा आफ्नो प्रसारण पहुँच विस्तार गर्ने उद्देश्यले रेडियो नेपालले चौपट्टामा ५०० वाट क्षमताको एफएम ट्रान्समिटर जडान गरि परीक्षण प्रसारण सुरु गरेको हो । नेपाल टेलिभिजनको टावर र अन्य भौतिक संरचना प्रयोग गरी सो एफएम रिले प्रसारण आरम्भ गरिएको हो ।
एफएम ब्यान्डको १०० मेगाहर्जमा सुरु गरिएको यो रिले प्रसारणबाट दाङ, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची लगायतमा जिल्लामा रेडियो नेपाल सुन्न सकिने जडान टोलीका संयोजक समेत रहनुभएका रेडियो नेपालका उपनिर्देशक रामपुकार रामले जानकारी दिनुभयो ।
यससँगै रेडियो नेपालका एफएम रिले स्टेशनको सङ्ख्या ३० पुगेको छ ।
नेपाल सरकारको १५ औँ योजनाको अन्त्यसम्ममा देशका सबै भू–भागमा रेडियो नेपालको प्रसारण पहुँच पुर्याउने लक्ष्य रहेकाले रेडियो नेपालले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार प्रसारण पहुँच नपुगेका अन्य स्थानहरूमा पनि रेडियो नेपालको प्रसारण पहुँच पुर्याउने गरी कार्य गरिरहेको रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिनुभयो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
