• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महिलालाई पेट्रोल छर्केर जलाउन खोजेको आरोपमा दाङका युवा रूकुममा पक्राउ 




एक महिलालाई घरभित्रै पेट्रोल छर्केर जिउँदै आगो लगाउन खोजेको आरोपमा दाङका एक युवक रूकुम पश्चिममा पक्राउ परेका छन्।

मुसिकोट नगरपालिका–९ चौखाबाङ घर भई वडा नं. ४ ठाराढुंगामा डेरा गरी बस्दै आएकी ३० वर्षीया कृष्णा खड्कालाई पेट्रोल छर्केर आगो लगाउन खोजेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुका ३५ वर्षीय प्रेमबहादुर केसी पक्राउ परेका हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार चैत ८ गते राति पौने ९ बजेतिर कोठा भाडामा एक्लै बस्दै आएकी खड्काको कोठामा पुगेका केसीले उनको शरीरमा एक लिटर पेट्रोल छर्केर आगो लगाउन खोजेका थिए।

त्यसपछि खड्काले गुहार मागेपछि घर धनीलगायत आसपासका अन्य स्थानीय तत्काल पुगेपछि प्रेमबहादुर भागेका थिए। घटनाबारे तत्कालै स्थानीयले प्रहरीलाई खबर गरेपछि भागेका प्रेमबहादुरलाई घटनाको दुई घन्टापछि प्रहरीले पक्राउ गर्न सफल भएको डिएसपी भट्टराईले बताए।

प्रेमबहादुरविरूद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी कानुनी कारबाहीको प्रक्रिया सुरू गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी हिरासतमा रहेका प्रेमबहादुरले लेनदेनका कारण कृष्णालाई आगो लगाई हत्या गर्न खोजेको भनेर प्रहरीमा बयान दिएका छन्।

विदेशमा छँदा उनीहरूबीचमा आर्थिक लेनदेन भएको देखिएको र अहिले माग्न आउँदा नपाएको झोंकमा आगो लगाई हत्या गर्न खोजेको देखिएको प्रहरी अधिकारी बताउँछन्।

Facebook Comments