चैत्र १०, शुक्रबार । (नेकपा ९एकीकृत समाजवादी) को विहिबार घोराहीमा बसेको जिल्ला पार्टी कार्यालयको बैठकले लमही नगर कमिटीको पुनर्गठन गरेको छ ।
जसअनुसार अध्यक्षमा कृष्ण गैरे, उपाध्यक्षमा जग नारायण चौधरी र पुनम घर्ति चयन भएका छन् । त्यसैगरि सचिव र उपसचिवमा क्रमशः भोजराज अधिकारी र आसा नेपालीलाई जिम्मेवारी दिइएको छ ।
पार्टीको केन्द्रीय निर्देशन बमोजिम ‘विशेष संगठन सुदृढिकरण अभियान –२०७९’ सफल पार्न अगुवा नेता कार्यकर्ताहरुलाई जिल्लाका १० वटै पालिकामा परिचालन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष शुरामणि बेल्बासेले बताए ।
त्यसैगरि महंगी नियन्त्रण, मिटर ब्याज र बैंकको चर्को ब्याजलाई समेत नियन्त्रण गर्न बैठकले सरकारसँग माग समेत गरेको बेल्बासेले जानकारी दिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
