• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दैलेखमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना, ३ जनाको मृत्यु




सुर्खेत । दैलेखको तालपोखरीमा मालबाहक मिनि ट्रक दुर्घटना ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ।  नेपालगञ्जबाट दैलेखतर्फ आउँदै गरेको मनकामना ग्यास सिलिन्डर बोकेको भे १ क २२०१ नम्बरको ट्रक आज विहान पौने ९ बजे दैलेखको गुराँस गाउँपालिका ३ ताल पोखरीमा दुर्घटना भएको दैलेख प्रहरीले जनाएको छ।

दुर्घटनमा मृत्यु हुनेमा ३० वर्षीय चालक कृष्ण चौधरी, कामदारहरु २५ वर्षीय लक्षिराम चौचरी र २२ वर्षको विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी किशोर लम्सालले बताए ।

सहचालक प्रकाश कुमाई भने सकुशल रहेको प्रहरीले जनाएको छ। माथिल्लो मोडबाट तल्लो मोडमा खसेको ट्रकका कारण बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ।

Facebook Comments