• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
लुगुम गाँउमा खेलकुद मेला चैत २३ गते बाट सुरू हुने 




भ्यूमान पुन
दाङ ५ चैत । रुकुमको भुमे गाउँपालिका १ लुगुममा खेलकुद सगैँ कृषी, पर्यटन, संस्कृति कार्यक्रम आयोजना हुने भएको छ । श्री धुपी सल्ला युवा क्लबको आयोजना हुने प्रतियोगिता  भुमे गा. पा. १ लुकुम सिद्धिचौर खेलमैदनमा कार्यक्रम हुने  भएको छ। कोरोना महामारीका कारण रोकिएका मेला यसपटक भने धुमधामसँग हुने आयोजकले जनाएको छ । कार्यक्रममा खुल्ला वडा स्तरीय भलिबल, फूटबलसँगै अन्य बिबिध कार्यक्रम आयोजना हुनेछन् ।No description available.
खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिको पुरुष बिजेताले रु. ६० हजार, दोस्रो हुनेले रु. ३० हजार सगैँ शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् , महिला भलिबल बिजेताले रु. ३० हजार, दोस्रो हुनेले रु. १५ हजार सगैँ शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् । सहभागिताको दर्ता शुल्क पुरुष भलिबल रु. ५ हजार र महिला भलिबल रु. ३ हजार तोकिए छ।
यसैगरी खुल्ला वडा स्तरीय फूटबल प्रतियोगिको पुरुष बिजेताले रु ३५ हजार, दोस्रो हुनेले रु. २० हजार सगैँ शिल्ड, मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछन् ।सहभागिताको दर्ता शुल्क रु. ३५ हजार रहेको  धुपी सल्ला युवा क्लबका सचिव दिल्चन पुनले  बताय।
Facebook Comments