• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मैत्रीपूर्ण फुटबल प्रतियोगितामा इन्जिनियरिङ एशोसियसन विजयी




घोराही, ४ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको १८ औँ साधारण सभा तथा ५३ औं स्थापना दिवसको अवसरमा आयोजित व्यवसायीहरुबीच मैत्रि पुर्ण फुटवल प्रतियोगीतामा राप्ती अञ्चल अटो इनजीनियरीङ एशोसियसन दाङ शाखा विजयी भएको छ ।

smart

शनिवार भएको फाइनल खेलमा १ का विरुद्ध ४ गोलले अटो व्यसायी समिती विजयी भएको हो फुटवल प्रतियोगीता समितीका संयोजक माधव खनालले जानकारी दिए । फाइनल खेल रेडिमेट फेन्सी व्यवसायी र राप्ती अञ्चल अटो इनजीनियरीङ एशोसियसन दाङ शाखा विच भएको थियो । फेन्सी व्यवसायीले १ गोल गरेका थिए भने अटो व्यवसायीले ४ गोल गरेका हुन ।

यसैगरेर नेपाल पत्रकार महासंघ दाङ शाखा र दाङ जिल्ला उद्योग वाणिज्य संघ विच भएको मैत्रीपूर्ण फुटबलमा पत्रकार महासंघ दाङको टीम विजयी भएको छ । शनिबार बिहान भरतपुर खेल मैदानमा भएको मैत्रीपूर्ण फुटबलमा उद्योग वाणिज्य संघको टीमलाई शुन्यका विरुद्ध २ गोलले पत्रकार महासंघको टीम विजयी भएको हो ।

खेलकुदका माध्यमबाट पत्रकार र उद्योगी व्यवसायी बीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्न र स्वास्थ्यका लागि खेल आयोजना गरिएको संघका अध्यक्ष टंकसिंह बुढाथोकीले जानकारी दिए । संघमा आवद्ध विभिन्न बस्तुगत समितिबीच नक आउट चरणमा प्रतिष्पर्धा गराईएको थियो । संघका पुर्व अध्यक्ष माधवप्रसाद शर्माले रेफ्रीलाइ वल हस्तान्तरण गरेर खेलको सुरु गरिएको हो ।

यसैगरेर संघले आयोजना व्यवसायीहरु विच दौड प्रतियोगीतामा मनकर्ण के सी प्रथम र खेमराज भण्डारी द्धितीय भएको दौड प्रतियोगीताका संयोजक विनोदप्रसाद पाण्डेले जानकारी दिए । त्यसैगरेर बोरा दौड प्रतियोगीतामा गणेश पाण्डे प्रथम र भिमसेन डि सी द्धितिय भएको बोरा दौड प्रतियोगीताका संयोजक देवकला बस्नेतले जानकारी दिइन् । संघले व्यवसायीहरु विच मैत्रिपुर्ण प्रतियोगीता आयोजना गरेको हो । स्थापना दिवस तथा साधारण सभाको अवसरमा रक्तदान, फुटवल प्रतियोगीता, हाजिरी जवाफ, दौड, बोरा दौड प्रतियोगिता अयोजना गरेको हो ।

संघले व्यवसायी–व्यवसायीहरु बीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्न, आपसमा चिन जान गराउनका लागि र खेलकुदको भावनाको विकासमा जोड दिने उद्देश्यका साथ हरेक वर्ष स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण खेलकुद तथा सामाजिक काम गर्दै आएको छ । संघले चैत्र ९ गते स्थापना दिवस र चैत ११ गते साधारण सभा गर्न थालेको छ ।

कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका निर्वतमान सदस्य धुर्वराज श्रेष्ठ भारीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा सहभागिहरुलाइ धन्यवाद ज्ञापन संघका वाणिज्य उपाध्यक्ष रामप्रसाद पोख्रेलले दिएका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।

Facebook Comments