• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
 युएईविरूद्ध टस हारेको नेपालले पहिले फिल्डिङ गर्ने, करण केसी बेन्चमा




May be an image of 7 people, people standing and outdoorsनेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम युएईविरुद्ध टस हारेकोछ । टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झालाई खेलाउँदा करण केसीलाई बेन्चमा राखेको छ । टोलीमा अन्य कुनै परिवर्तन छैन ।
टियु गेटमा दर्शकको बिहान नै बाक्लो उपस्थित छ । युएई र नेपालको टोली बिहान ७ : ५५ मा टियु मैदानमा आएका थिए । बिहान देखिनै टियु मैदानमा दर्शकको भीड छ । गेट बाहिर र मैदान परिसमा दर्शकको बिहान नै बाक्लो उपस्थीति रहेको छ । क्यानले बुधबार साँझ नै सबै टिकट बिक्री गरेको थियो । क्यानले ११ हजार टिकट बिक्रि भएको जानकारी दिएको थियो । आज त्यसैको कारण टिकट टियुमा बेचिएको छैन । सुरक्षाकर्मीलाई सुरक्षा दिन धौं धौं पर्ने अवस्थाछ ।
घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ। यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ।
वर्षा वा कुनै कारण खेलको नतिजा नआए र अंक बाँड्नु परेमा नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउनेछ। नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अंकका साथ तेस्रो स्थानमा छ। कुनै कारण खेल नतिजा विहीन हुँदै अंक बाँड्नु पर्ने अवस्था आए नेपाल र नामिबिया दुवैको ३९–३९ हुनेछ। नामिबिया सर्वाधिक जित प्रतिशतको कारण सोझै विश्वकप छनोटमा पुग्नेछ।
युएई ३५ खेलमा १५ जित र १७ हारसहित ३३ अंकका साथ छैटौं स्थानमा छ। युएईले शीर्ष पाँचमा रहदै सोझै ओडिआई मान्यता अवसर गुमाई सकेकोछ। युएईले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफमा जर्सी र क्यानडालाई पछि पार्न सके आगमी चार वर्षको लागि ओडिआई मान्यता प्राप्त गर्नेछ । अन्यथा युएईको ओडिआई मान्यता गुम्नेछ । युएई जिम्बावेमा हुने विश्वकप छनोट खेल्न प्लेअफमा शीर्ष दुईमा पर्नुपर्ने हुन्छ। लिग२ मा नेपाल र युएईबीच कुल १२ खेल हुँदा समान ६ मा जित र हार छ ।
नेपालको प्लेइङ ११ 
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल ९कप्तान०, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुलशन झा, सन्दीप लामिछाने र ललितनारायण राजवंशी ।
Facebook Comments