• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
अखिल (क्रान्तिकारी) विप्लवले महेन्द्र क्याम्पसमा किन लगायो ताला ? यस्तो छ, रहस्य !




घोराही, १ चैत । दाङको सबैभन्दा पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा अखिल (क्रान्तिकारी) विप्लवले ताला लगाएको छ । क्याम्पस प्रशासनले आसन्न चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि अनाधिकृत रुपमा रुपमा परिचयपत्र बनाउदै गरेको भेटिएपछि संगठनले क्याम्पसको प्रशासनमा ताला लगाएको हो ।

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पसका इन्चार्ज दीपक केसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनले अनाधिकृत रुपमा खाली परिचयपत्र क्याम्पसको छाप लगाएर बितरण गरेको र तत्काल उक्त कार्यको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै क्याम्पसमा तालाबन्दी गरेको बताएका छन् ।

स्ववियु चुनावमा क्याम्पसमा भर्ना भएका विद्यार्थी संख्याको आधारमा परिचयपत्र बनाउने सहमति भएतापनि क्याम्पसले मंगलबार जालझेल गर्दै अनाधिकृत रुपमा विद्यार्थी संगठनहरुसँग गरेको सहमति विपरीत फोटो नभएको परिचयपत्र क्याम्पसको छापा लगाएर वितरण गर्दै गरेको अवस्थामा भेटिएपछि संगठनले उक्त जालझेलप्रति घोर आपत्ति जनाउदै क्याम्पस प्रशासनमा ताला लगाएको बताइएको छ ।

यस्तो छ, अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस दाङका इन्चार्ज दीपक केसीले जारी गरेको प्रेस विज्ञप्ति :

हाम्रो महान तथा गौरवसाली संगठन अखिल (क्रान्तिकारी ) शिक्षा क्षेत्रता देखिएको तमाम खाले विकृती, विसंगतिहरु विरुद्ध र विद्यार्थीको न्याय मुक्ति स्वत्रन्त्रताको निम्ती निरन्तर संघर्षरत छ ।

यसै सिलसिलामा त्रिभुवन विश्व विद्यालयले आगामी चैत ५ गते गर्न लागेको स्ववियू निर्वाचन लाई स्वागत गर्दै हाम्रो संगठन सहभागी भएको छ । स्ववियू निर्वाचनको अन्तिम समयमा आउँदा यस महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङमा परिचयपत्र बनाउने भनेर क्याम्पस प्रशासनले आज अन्तिम समय भनेर सूचना निकाल्नु र क्यामासबाट अनाधिकृत रुपमा खाली परिचय पत्रमा क्याम्पसको छाप लगाएर फोटो नटाँसी वितरण गरिएको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

तत्काल उक्त कार्यको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै तालावन्दी गर्दछौं ।

दिपक के.सी- इन्चार्ज
अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस दाङ

Facebook Comments