• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
देउखुरीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु




दाङ । देउखुरीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

त्यस्तै मृत्यु हुनेमा बाँके जिल्लाको फुलटेक्रा निवासी वर्ष २० का करण कुर्मी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनु भयो ।

मंगलबार बेलुका ६ बजे लमही लमही नगरपालिका – ९ निवासी राजु प्रधानले चलाएको रा ७ त २२८६ नम्बरको ट्याक्टरको ढालाबाट लमही-९ रिहारमा कुर्मी खसेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि लमही अस्पताल ल्याइएको थियो । कुर्मीको उपचारका क्रममा बेलुका ७ बजे मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो ।

यस्तै उक्त ट्याक्टर रिहारबाट सतबरिया तर्फ आउँदै गरेको थियो । ट्याक्टर चालक प्रधानलाई वडा प्रहरी कार्यालय लमहीले आफ्नो नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको छ । मृतक कुर्मीको आफन्तहरु सम्पर्कमा नआएको हुँदा उनलाई अहिले लमही अस्पतालमै राखिएको छ । उनको आफन्त सम्पर्कमा आएमा पोस्टमार्टम गरि आफन्तको जिम्मा लगाइने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनु भयो ।

 

Facebook Comments