घोराही, १ चैत । दाङको घोराहीमा रहेको शिक्षा क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) विप्लवका नवीन केसी निर्विरोध निर्वाचित भएका छन् ।
दाङमा क्रियाशील विद्यार्थी संगठनहरुको सहमतिमा केसी क्याम्पसको स्ववियु सभापतिमा निर्विरोध निर्वाचित भएका हुन् ।
जसको उपसभापतिमा अनेरास्ववियुका टीका कालाथोकी, सचिवमा प्रजातान्त्रिकका सरिता पोख्रेल भण्डारी, सह- सचिवमा अखिल (क्रान्तिकारी) का सरिता सेर्पाइली र कोषाध्यक्षमा नेविसंघका गणेशमान डाँगी निर्वाचित भएका छन् भने सदस्यहरुमा अनेरास्ववियुका सर्मिला डाँगी, अखिल (क्रान्तिकारी) का मन्जु घर्तीमगर, अखिल (क्रान्तिकारी) विप्लवका समीर डाँगी, प्रजातान्त्रिक यशोदा डाँगी, अखिल छैठौंका सुनिता आचार्य र नेविसंघका शिशिर डाँगी निर्वाचित भएका हुन् ।
विद्यार्थी संगठनहरुको सहमतिमा क्याम्पसले मंगलबार स्ववियु कार्यसमिति निर्वाचित भएको घोषणा गरेको हो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
