• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
खाद्य सुरक्षा तथा कर प्रणालीका बारेमा होटल व्यावसायीलाई सचेतना




दाङ, ३० फागुन । खाद्य सुरक्षा तथा कर प्रणालीका बारेमा घोराहीका होटल व्यावसायीलाई सचेतना प्रदान गरिएको छ ।

घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा दाङ देउखुरी होटल व्यवसायी समितिको आयोजनामा मंगलबार खाद्य सुरक्षा तथा कर प्रणाली ः व्यावसायीक जिम्मेवारी विषयक एक दिने तालिम सम्पन्न भएको छ । समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा घोराहीका उपमेयर हुमा डिसीको प्रमुख आतिथ्य एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरवहादुर वलीको विशिष्ठ अतिथ्यमा एक औपचारिक कार्यक्रम गरी तालिमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी डिसीले होटल नागरिकसँग प्रत्येक जोडिएको विषय भएको भन्दै यसलाई थप मर्यादित र व्यवस्थित बनाउने विषयमा व्यवसायीहरु सचेत हुनु पर्ने बताउनु भएको हो । सरसफाई र खाद्य स्वच्छतालाई ध्यान दिदै होटलमा हुन सक्ने अपराधिक क्रियाकलापलाई रोक्न पनि भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । होटलबाटै सुरक्षा चुनौति पनि रहेकोले होटल व्यवसायी पनि सचेत हुन जरूरी रहेको प्रहरी प्रमुख वलीले बताउनु भएको थियो । तालिमको प्रशिक्षकहरुमा घोराही उपमहानगरपालिका अन्तरगत रहेको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरवहादुर वली, दाङका ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्ल र राजस्व कार्यालय घोराहीका कुमार खड्का रहनु भएको थियो । खाद्य सुरक्षा, कर प्रणाली, व्यावसायिक सुरक्षा, पार्किङ, सरसफाई तथा स्वच्छतालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा एक सय जना व्यवसायीहरुको सहभागिता रहेको थियो ।No description available.

समितीका वरिष्ठ उपाध्यक्ष ईश्वर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव टिकाराम भुषालले गर्नुभएको थियो ।खाद्य सुरक्षा तथा कर प्रणालीका बारेमा होटल व्यावसायीलाई सचेतना दाङ, ३० फागुन । खाद्य सुरक्षा तथा कर प्रणालीका बारेमा घोराहीका होटल व्यावसायीलाई सचेतना प्रदान गरिएको छ । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा दाङ देउखुरी होटल व्यवसायी समितिको आयोजनामा मंगलबार खाद्य सुरक्षा तथा कर प्रणाली ः व्यावसायीक जिम्मेवारी विषयक एक दिने तालिम सम्पन्न भएको छ । समितिका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा घोराहीका उपमेयर हुमा डिसीको प्रमुख आतिथ्य एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरवहादुर वलीको विशिष्ठ अतिथ्यमा एक औपचारिक कार्यक्रम गरी तालिमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी डिसीले होटल नागरिकसँग प्रत्येक जोडिएको विषय भएको भन्दै यसलाई थप मर्यादित र व्यवस्थित बनाउने विषयमा व्यवसायीहरु सचेत हुनु पर्ने बताउनु भएको हो । सरसफाई र खाद्य स्वच्छतालाई ध्यान दिदै होटलमा हुन सक्ने अपराधिक क्रियाकलापलाई रोक्न पनि भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । होटलबाटै सुरक्षा चुनौति पनि रहेकोले होटल व्यवसायी पनि सचेत हुन जरूरी रहेको प्रहरी प्रमुख वलीले बताउनु भएको थियो । तालिमको प्रशिक्षकहरुमा घोराही उपमहानगरपालिका अन्तरगत रहेको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख श्रीधर अधिकारी, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख विरवहादुर वली, दाङका ट्राफिक प्रहरी प्रमुख किरणप्रकाश मल्ल र राजस्व कार्यालय घोराहीका कुमार खड्का रहनु भएको थियो ।

खाद्य सुरक्षा, कर प्रणाली, व्यावसायिक सुरक्षा, पार्किङ, सरसफाई तथा स्वच्छतालाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ आयोजना गरिएको तालिममा एक सय जना व्यवसायीहरुको सहभागिता रहेको थियो । समितीका वरिष्ठ उपाध्यक्ष ईश्वर बुढाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव टिकाराम भुषालले गर्नुभएको थियो ।

Facebook Comments