• २४ माघ २०८२, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महेन्द्र मावि बनगाड आँपचौरको ४ कोठे भवन शिलान्यास




सल्यान, २८ फागुन । सल्यान बनगाड कुपिण्डे नगरपालिका ११ आपचौरमा रहेको महेन्द्र माध्यमिक विद्यालय आपचौरको ४ कोठे भवनको शिलान्यास गरिएको छ । राष्ट्रपति शैक्षिक सुधारको ५० लाख रुपैयाको लागतमा विद्यालय भवन निर्माण हुन लागेको हो ।

शनिबार नगर प्रमुख कर्ण बहादुर बुढाथोकी र उप प्रमुख पुरुषोत्तम आचार्यले सयुक्त रुपमा भवनको शिलान्यास गर्नु भएको छ । भवन शिलान्यास गर्नु हुँदै प्रमुख बुढाथोकीले विद्यालयको भौतिक वातावरण सुधार सङ्गै शैक्षिक सुधारमा लाग्न अनुरोध गर्नु भएको छ । अहिले शिक्षा बिना कुनै काम अगाडि बढ्न नसकिने र त्यसको लागि भवन पनि एउटा महत्त्वपूर्ण भएको उहाँको भनाई छ । पछिल्लो चरण शिक्षा क्षेत्रमा आएका समस्याहरुलाइ समाधान गर्न आफुले नगर सरका बाट त्यसको पहल गरिरहेको समेत बताउनु भएको छ ।

उक्त कार्यक्रममा नगर उप प्रमुख पुरुषोत्तम आचार्य , प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, ११ नम्बर वडा अध्यक्ष वीर बहादुर बुढा नगरपालिका इन्जिनियर महेश देवकोटा लगाएतको उपस्थिति रहेको थियो साथै आपचौर माझकाडा सडक र निगाल्चुला दुरुमखोला सडक सम्भाब्य अध्ययन लगाएतका विभिन्न योजनाहरुको अनुगमन समेत गरिएको बताइएको छ ।

Facebook Comments