सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो ।
मृतकको संख्या ६ पुगेको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागी सिन्धुलीको खुर्कोटमा ल्याइँदै छ । बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी सिलवालले जानकारी दिए । बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
