• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
विद्यार्थीको कन्फिडेन्ट लेभल बढाउन एप्पल फेवल हाउस कार्यक्रम सम्पन्न




दिपक वलि
एप्पल मन्टेस्वरीको एप्पल फेवल हाउस कार्यक्रम आज सम्पन्न भएको छ । यस कार्यक्रममा विद्यार्थीहरूले आफैँ कथा लेखी आफैँ वाचन गर्नुपर्ने हुन्छ । प्रि १ देखि कक्षा १ सम्मका विद्यार्थीहरू यो कार्यक्रममा सहभागी हुने छन्।
विद्यार्थीहरूको कन्फिडेन्ट लेभल बढाउने , श्रृजनात्मक बिकास गर्ने ,सोच्ने शक्ति बढाउने र ब्यक्तिक्त्व विकास गर्ने उद्धेश्यले एप्पल मन्टेस्वरीले यो बर्ष देखि आगमि बर्ष निरन्तर संचालन गर्ने गरी हरेक बर्ष एप्पल फेवल हाउस कार्यक्रमको आयोजना गर्ने गरेको कार्यक्रम निर्देशक गोमा पुरीले जानकारी दिनुभयो । आज विद्यालयको प्राङ्गणमा कक्षा प्रि १ देखि कक्षा १ सम्मका  विद्यार्थीहरुले आफ्ना अभिभावकहरुको उपस्थितिमा कथा वाचन गरेका हुन् । आज ३७ जना विद्यार्थीहरूले कथा वाचन गरी कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यालयले हरेक बर्ष विद्यार्थिहरुको लागि विभिन्न अतिरिक्त कृयाकलाप अन्तर्गत ब्यबहारिक शिक्षा प्रदान गर्ने गर्दछ । यसले गर्दा वालवालिकाको पढ्ने र लेख्ने मात्र नभई अन्य क्षमताको बिकास पनि हुने हुदा यो बिधाबाट शिक्षा दिईएको विद्यालयका सहायक प्रधानाध्यापक ममता केसिले जानकारि दिनुभयो । कथा वाचन कार्यक्रममा उपस्थित हुनुभयका अभिभावक अनिल कुमार बस्नेतले
एप्पल मन्टेस्वरिको शैदान्तिक शैक्षिक प्रणालि र यस्ता अतिरिक्त कार्यक्रमले आफ्ना वालवालिकाले धेरै कुरा सिक्न पाएको र उनिहरुको मनोवल बढ्ने बताउनु भएको छ । साथै उँहाले  यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्ने बताउनुभयको छ । एप्पल मन्टेस्वरि एउटा विद्यालय मात्र नभयर साना बालबालिकाको पढ्दै सिक्दै गर्ने थलो र मनोरञ्जन संगै बालबालिकाको मानसपटलमा घर र बिद्यालय यउटै भयको र बिद्यालयका शिक्षिका संग शिक्षा संगै जीवन जिउने कला पनि सिक्न पाएका बताउनुभयो ।
सीप ,कला लगायत अन्य ब्यबहारिक शिक्षा प्रदान गरेकोमा खुसि ब्यक्त गर्दै धन्यबाद समेत ब्यक्त गर्नु भयो । कथा बाचन कार्क्रममा बिद्यार्थिहरुले कुनै न कुनै सन्देश दिने खालको कथा लेखेका थिए भने कथाले दिन खोजेको सन्देश के थियो भन्ने बारेमा पनि प्रष्ट पारेका थिए।वालवालिकाहरुको कथा लेखन कार्यक्रममा सहयोग पुर्याएको भन्दै विद्यालयले धन्यबाद ब्यक्त गरेको थियो । विद्यालयका सहायक प्रधानाध्यापक ममता केसिको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शिक्षक बन्दना बस्नेतले गर्नुभएको थियो ।कथा बाचन कार्यक्रमको संचालन कक्षा १ का विद्यार्थी गौरव बोहोरा र सारवि परियारले गरेका थिए । एप्पल मन्टेस्वरि बिद्यालय २०७३ सालमा ५१ जना विद्यार्थी लियर शैक्षिक क्षेत्रको विकास संगै प्रबिधि मैत्रि शिक्षा प्रदान गर्ने उदेश्यले घोराहि १० नारायणपुरमा संचालनमा आएको थियो ।
अहिले उक्त मन्टेस्वरि अभिभावकको अत्यधिक रोजाईमा पर्दै गएको छ । जसको कारण अहिले विद्यालयमा कक्षा १ सम्म १५० बढि बिद्यार्थिहरु अध्यणरत छन ।
Facebook Comments