• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गाउँपालिकाका हरेक नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन गाउँपालिका अग्रसर रहेको छ : उपाध्यक्ष जिसी




फागुन २७ घोराही । दाङको बंगलाचुली गाउँपालिका वडा नम्वर ७ मा दुईदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । किकृत जनस्वास्थ्य अभियान अन्तर्गत फिस्टुल,महिलाहरुको पाठेघर,स्तनक्यान्सरको स्क्रिनिङ, रिङपेशरि, भिआइए जाँच कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जीसीले गाउँपालिकाका हरेक नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन गाउँपालिका अग्रसर रहेको बताउनु भयो ।


उहाँले गाउँपालिकाको दुर्गम वडाका नागरिकलाई घर आगनमै स्वास्थ्य सेवा पुराउनेगरी गाउँपालिकाले लाहापेका जनतालाई यसप्रकारको स्वास्थ्य शिविर संचालन गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उपाध्यक्ष जिसीले बंगलाचुलीका अधिकासं महिलाहरुमा कुनैन कुनै खालको स्वास्थ्य समस्या रहेको र यसको निदानका लागि पालिकाले विशेषज्ञ सहितको शिविर संचालन गरि महिलाहरुलाई स्वास्थ्य सेवा दिने जानकारी गराउनुभयो ।
स्वाथ्य कार्यालय दाङका निमित्त कार्यालय प्रमुख वामदेव शर्माको अध्यक्षा एवं गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसीको प्रमुख आतिथ्यमा शिविर उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बंगलालचुली गाउँपालिका निवर्तमान अध्यक्ष भक्त बहादुर वली , बंगलाचुली गाउँपालिका वडा नम्वर ७ का अध्यक्ष गिर बहादुर थापा लगाएतले बोल्नु भएको थियो ।
लुम्बिनि प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय दाङको आयेजनामा उक्त कार्यक्रम सम्पन्न भएको बङगलाचुलि गाउपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्रा कुमरी घर्तीले जानकारी दिनुभयो । शिविरमा एकसय जनाले सेवा लिएका छन।जसमध्य ४ जनालाइ पाठेघरको क्यान्सरको आशंका गरिएको छ ।
त्यस्तै पाठेघर खसेका ८ जनाले रिङ राख्नेसेवा लिएका छन ।स्वास्थ्य जाँच कार्यक्रममा तुलसिपुर प्रादेशिक अस्पतालका स्त्रीरोग बिशेषज्ञ डाक्टर आसिस शर्मा, राधा पौडेल, बङगलाचुलि स्वास्थ्य शाखा प्रमुख इन्द्रा कुमरी घर्तीमगर,नर्स सिता कवर लगायतले बिरामीको चेकजाँच गर्नु भएको थियो ।शिविरमा आएका धेरै महिलाहरुमा तल्लो पेट सम्बन्धि समस्या देखिएको बताईएको छ ।

Facebook Comments