• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
महिलाको अधिकार अझै पूरा भएको छैन् : इन्चार्ज सविन




घोराही, २४ फागुन । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राप्तीब्यूरो इन्चार्ज सविन सीले नेपालमा महिलाको अधिकार अझै पूरा नभएको बताएका छन् । अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङले ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बुधबार घोराहीको राप्ती इन्जिनियरिङ कलेजमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इन्चार्ज सविन सीले नेपाल थुप्रै आन्दोलन र संघर्षले धेरै महिलाहरुले अधिकार पनि प्राप्त गरेका छन्, तर महिलाहरूले जति अधिकार प्राप्त गर्नु पार्थ्यो, त्यो अझै प्राप्त नभएको बताए । `नेपालको राजनीति व्यवस्था एक प्रकारले बदलेका छौं, तर हामीले आर्थिक व्यवस्था अझै बदल्न सकेका छैनौं´ उनले भने `आर्थिक व्यवस्था गरेपछि मात्रै महिलाहरुको जीवन बदल्ने स्थिति देखा पर्दछ । त्यसको लागि हामीले एक पटक नेपालको राजनीति व्यवस्था पनि एलिकति बदल्न बाँकी छ, त्यसलाई पनि बदल्नु पर्दछ । र, त्यस पछाडि मूलतः त्यो राजनीति व्यवस्थाले संरक्षण गरेर राखेको आर्थिक व्यवस्था पनि बदल्नु पर्दछ ।´

नेता सविनले आर्थिक व्यवस्था बदलेर आर्थिक उत्पादनको, आर्थिक स्वामित्व महिलाहरुको हातमा परेपछि महिलाको अधिकारले पूर्णता पाउने भन्दै त्यसको लागि महिलाहरूले एउटा क्रान्ति गर्नुपर्ने, संघर्ष गर्नुपर्ने र आन्दोलन गर्नुपर्ने जरुरी भएको उद्घोष गरे ।

समाजमा अझैपनि महिलामाथि विभेद, अन्याय र अत्याचार अथावत नै भएको भन्दै इन्चार्ज सविनले महिलाहरू लघुवित्त ॠण जालो लगायत विविध समस्याहरूबाट समेत बन्नुपर्ने र अहिलेसम्म पनि सामाजिक सद्भावले महिलालाई विभेद मै राखेको हुँदा समाज रुपान्तरणकारी आन्दोलनमा महिलाहरुले भाग लिनुपर्ने कुरामा जोड दिए । महिलाहरु राजनीति, साँस्कृतिक र आर्थिक आत्मनिर्भर हुनुपर्ने र त्यो भएमात्र महिलाले आफ्नो अधिकार बलियो बनाउदै अधिकारलाई संस्थागत गर्न सक्ने उनको भनाइ छ ।

त्यस्तै कार्यक्रम बोल्ने वक्ताहरूले आजकै दिन श्रमिक मुक्तिको लागि संघर्षरत आन्दोलनको संखघोस गरिएको बताए । उनीहरुले दशवर्षे जनयुद्धले केही परिवर्तन भएको देखितापनि महिलामथि हुने हिंसा, विभेद, अन्यय र अत्याचार अझै हुने गरेको भन्दै समाज हुने त्यस्ता खालका विभेदकारी अन्याय र अत्याचारको विरुद्ध महिलाहरु एकजुट हुनुपर्ने कुरामा जोड दिएका थिए ।

श्रमिक महिलाको अधिकारको प्राप्तिका लागि महिलाहरूले बिद्रोह सुरु गरेको दिनलाई स्मरण गर्दै महिला बच्चा जन्माउने मेसिनमात्र नभएको भन्दै महिला भनेको यो धर्तीलाई कायापलट गर्न सक्ने सक्षम क्षमता र शक्ति महिलाहरूमा भएको उनीहरुको भनाइ थियो ।

कार्यक्रमलाई थप सब्य बनाउनका लागि विभिन्न गेत र नृत्यहरुको प्रस्तुति गरिएको थियो ।

अखिल नेपाल महिला क्रान्तिकारी संघ पश्चिम दाङकी अध्यक्ष रेखा सीको अध्यक्षता एवं नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राप्तीब्यूरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाकी इन्चार्ज सम्झना सी, पार्टीका पूर्वी दाङ जिल्ला सेक्रेटरी जनक सी, राप्ती इन्जिनियरिङ कलेजका एमडी डा भिमसेन गिरी, अखिल नेपाल महिला संघ क्रान्तिकारी राप्तीब्यूरो संयोजक अशोका सी, युवा संगठन नेपाल राप्ती ब्यूरो संयोजक जीवनीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संगठनका जिल्ला कमिटी सदस्य अरुनाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम सहजीकरण संगठन पूर्वी दाङ जिल्ला संयोजक साधना सीले गरेकी थिइन् ।

 

Facebook Comments