• ६ फाल्गुन २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
माओवादी केन्द्र बनगाड कुपिण्डे नगरको अध्यक्षमा बुढाथोकी




नबिन पिएम
सल्यान, २४ फागुन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बनगाड कुपिण्डे नगर समितिको बैठक मंगलबार सल्लिबजारमा सम्पन्न भएको छ । बैठकले दुर्गा बहादुर बुढाथोकीको अध्यक्षतामा ७३ सदस्सीय नगर कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा वीर बहादुर बुढामगर, अमृत पुन,कुल बहादुर पुरि, सचिवमा जीवन सिहँ ठकुरी ,सह सचिव डिल्ली बहादुर वि.क. र कोषाध्यक्ष विमला गन्धर्व पुन सर्बसहमत चयन हुनु भएको छ ।

पूर्व नगर समिति अध्यक्ष क्रीति बहादुर राणा
प्रदेश समिति सदस्य र कर्णाली प्रदेश कृषि तथा सहकारी मंन्त्रि माननीय भिम प्रकाश शर्माको प्रमुख स्वकीय सचिवमा नियुक्ति भएपछि पुर्व नगर समिति सचीव समेत रहेका बुढाथोकीलाई नगर अध्यक्षको जिम्मेवारी दिईएको हो ।

बैठकमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री टेकबहादुर बस्नेत, बिशिस्ट अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य कृति बहादुर पुन, पार्टी कर्णाली प्रदेश उपाध्यक्ष तथा बनगाड कुपिण्डे नगरपालिका मेयर कर्ण बहादुर बुढाथोकी लगायतले मन्तव्य राख्नु भएको नगर कमिटी जेष्ठ सदस्य कालुराम पुरीले जानकारी दिनु भयो ।

Facebook Comments