घोराही / आगामी चैत ५ गते हुने स्वतन्त्र स्ववियु निर्वाचनका लागि दाङको घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले संगठन दर्ता गरेका छन् ।
घोराहीमा रहेको साविक राप्तीकै पुरानो क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा शुक्रबार अखिल (क्रान्तिकारी) विप्लवसहित ११ वटा विद्यार्थी संगठनहरुले संगठन दर्ता गराएका हुन् ।
भरतपुर क्याम्पसमा नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु ( क्रान्तिकारी) वैद्य, अनेरास्ववियु (नेकपा एस), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, अनेरास्ववियु (छैठौं), स्वतन्त्र विद्यार्थी समूह, अखिल (क्रान्तिकारी) विप्लव, अनेरास्ववियु छैठौं (क्रान्तिकारी) संयुक्त र अनेरास्ववियु युनियन (छैठौं) ले संगठन दर्ता गरेको महेन्द्र बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिले जनाएको छ ।
स्ववियु चुनावका लागि त्रिविले शुक्रबार १० देखि ३ बजेसम्म विद्यार्थी संगठन दर्ता गर्ने समय तोकेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
