• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दलित पत्रकार संघको स्थापना दिवसको पूर्वसन्ध्यामा दीप प्रज्वलन




घोराही, १९ फागुन । राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङ शाखाको १२ औं स्थापना दिवसको पुर्व सन्ध्यामा दिप प्रज्वलन कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । संघका वरिष्ठ उपाध्यक्ष गिरिराज नेपालीको अध्यक्षता तथा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन कार्यक्रम सप्पन्न गरिएको हो ।

दिप प्रज्वलन कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङ शाखाका संस्थापक अध्यक्ष जनक नेपाली, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन, प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डप शर्मा, दलित अभियान्ता देउमन दमाईले बोल्नुभएको भियो ।

संघको कार्यसमिति सदस्य अस्मिता नेपालीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण कोषाध्यक्ष चन्द्रप्रकाश नेपालीले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले पत्रकारितामा दलित समुदायको सहभागीता उत्साहजनक भएको भन्दै व्यवहारिक रुपमा जातिय छुवाछूत अत्य र दलित समुदायको उत्थानका बिषयलाई लेखनीका माध्यमबाट थप उजागर गर्नुपर्ने बताएका थिए ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङ शाखाले १२ औं स्थापना दिवस भोली शनिवार तुलसीपुर उपमहानगरपालिकाको सभाहलमा एक भव्य समहारोकाविच औपचारिक कार्यक्रम गरेर मनाउँदै छ। साथै स्थापना दिवशका अवसरमा दलित समुदायका पत्रकारलाई सम्मान कार्यक्रम समेत तय गरिएको छ ।

बिहान ११ बजेदेखि सुरु हुने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भैसकेको राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङका अध्यक्ष वसन्त परियारले जानकारी दिनुभएको छ ।।

Facebook Comments