घोराही, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनमा आफ्नो सम्पूर्ण पार्टीपंक्ति केन्द्रित गर्ने निर्णय गरेको छ । पार्टीको आयोजनामा शुक्रबार घोराहीमा भएको संगठनात्मक विशेष बैठकले सो बैठकले महेन्द्र बहुमुखी क्याम्पस दाङमा स्ववियु निर्वाचन जित्ने गरी स्ववियु केन्द्रित लगायका विभिन्न महत्त्वपूर्ण निर्णय गरेको हो ।
उक्त बैठकले फागुन २१ गते सहितहरुलाई अभिनन्दन गर्ने, सम्पूर्ण पार्टीपंक्ति स्ववियु केन्द्रित हुने, फागुन २४ गते नारी दिवस मनाउने, फागुन २५ गते जनताका मुद्दा, समस्या लगायतका समसामयिक विषयमा स्थानीय तहमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको नेकपा पूर्वी दाङले जनकारी दिएको छ ।
त्यस्तै बैठकले पार्टी संगठनलाई थप प्रभावकारी बनाउनका लागि जिल्लामा ६ वटा पालिकास्तरीय एरिया बाडफाड, पार्टीको जिल्लामा १० जनाको सचिवालय गठन, अन्य बिभागीय जिम्मेवारी लगायतका महत्त्वपूर्ण निर्णयहरु गरेको पार्टीले जनाएको हो ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इन्चार्ज सबिन सीको प्रमुख आतिथ्यतामा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्ला इन्चार्ज सम्झना सी, पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य तथा राप्ती ब्यूरो कार्यालय सचिव विकास सीको विशेष उपस्थिति रहेको थियो ।
बैठकको अध्यक्षता तथा संचालन नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
