मधुसूदन गिरी
कमिरेचौर, १९ फागुन । प्रेस चौतारी नेपाल बंगलाचुली गाउँकमिटको विशेष भेला कमिरेचौरमा सम्पन्न भएको छ । आज शुक्रबार बंगलाचुलीमा सम्पन्न उक्त भेलाले सुशील परियारलाई अध्यक्षमा चयन गरेको हो ।
प्रेस चौतारी बंगलाचुली गाउँ कमिटिका अध्यक्ष मुना खनालको अध्यक्षता एवं प्रेस चौतारी नेपालको केन्द्रिय उपाध्यक्ष तथा नेकपा एमाले दाङ जिल्ला प्रचार विभाग प्रमुख सविन प्रियासनको प्रमुख आतिथ्यता र प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटि सचिव रन्जिता शर्माको विशिष्ट आतिथ्यमा भेला सम्पन्न भएको हो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश सदस्य छवि पुरी , नेकपा एमाले बंगलाचुली गाउँपालिका वडा नं ५ का अध्यक्ष थम्मन गिरी, वडा नं २ का सह इन्चार्ज गिरी राज विश्वकर्मा, युवा संघ बंगलाचुली इन्जार्ज शुसिल परिया लगाएतको उपस्थिति रहेको थियो ।
बैठकले आगामी कार्यकालको लागि शुसिल परियारको अध्यक्षतामा कमिटि विस्तार गर्ने निरर्णय गरेको छ ।
यस्तै बैठकले प्रेस चौतारी नेपालको बंगलाचुली गाउँपालिकाको संयोजन गर्न मुना खनाललाइ इन्जार्जको जिम्मेवारी तोकेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
