• ५ फाल्गुन २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
घोराहीमा अटो मजदुरको नगर कमिटी गठन




घोराही, १८ फागुन । दाङको घोराहीमा अटो मजदुरको नगर कमिटी गठन भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको तीन महिने संगठन निर्माण तथा विस्तार अभियान अन्तर्गत बिहीबार सो कमिटी गठन भएको हो ।

अटो मजदुरहरुको एक भेलाले धनबहादुर बिकको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ।

भेलामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीले मजदुरका पेशागत समस्या हल गर्न र विद्यमान बिभेदकारी राजनैतिक प्रणाली बदल्न मजदुरहरु एकतावद्द भएर संगठित हुनुपर्ने बताए।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा पुर्बी दाङ इन्चार्ज सम्झना सी,मजदुर संगठनका केन्द्रिय उपाध्यक्ष डिल्ली सी,संगठनका केन्द्रिय सदस्य सन्जय सी र खिम बहादुर सीको उपस्थिति रहेको थियो ।

Facebook Comments