• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बित्तीय संस्थाहरुको ज्यादती अन्त्य नहुँदासम्म आन्दोलन निरन्तर हुन्छ : शीतल




घोराही, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य शीतल सीले महंगी र वित्तीय संस्थाहरुको ज्यादतीको अन्त्य नभएसम्म पार्टीको अन्दोलन जारी रहने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङले आज सोमबार घोराहीमा आयोजना गरेको मंहगी, बैंकको चर्काे ब्याजदर र वित्तीय संस्थाहरुको ज्यादतीविरुद्धको विरोध प्रदर्शनीको कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
कोणसभाको प्रमुख वक्ता समेत रहेका पिविएम शीतल सीले बैंक तथा वित्तीय क्षेत्रको ज्यादतले व्यापार, उद्योगी र आम सर्वसाधरण जनतालाई सास्ती दिएको भन्दै त्यो सास्ती अन्त्य नहुँदासम्म निरन्तर जनसम्बन्धसहितको यो संघर्ष अगाडि बढ्ने बताए । उनले यो आन्दालनको निरन्तर आफूहरुले कमाण्ड गर्ने र त्यो आन्दोलनमा निरन्तर साथ दिन आम जनसमुदाय, वुद्धिजीवि, उद्योगी, व्यापारी लगायत सबैलाई अनुरोध गरे । नेता शीतलले उद्योग, व्यवासायीका माग तथा आम जनताका समस्याहरुलाई कुनै ठाउँमा थन्काएर आफ्नो स्वार्थका निम्ति कहीँपनि नचुक्ने र नभुल्ने प्रतिबद्धता समेत जनाए ।No description available.

यो दलाल राज्य व्यवस्थाले नेपालका राष्ट्रिय उद्योगी, व्यापारीहरुलाई आज एउटा व्यापार दृष्टिको उद्देश्यले अपांग हुनुपर्ने स्थिति सिर्जना गरेको बताउँदै नेता शीतलले यो राज्यको बैंकको ब्याजदरले व्यवासायीहरुको ढाड सेकेको र आफूहरु यो ढाड सक्नेको विरुद्ध आज देशव्यापी आन्दोलन गरेको भन्दै बैंकको ब्याजदर एक प्रतिशतमा झार्नुपर्ने मागसहित अगाडि बढेको बताए । उनले आज मिटरब्याजीहरु मौलाइरहेको र आम नेपाली जनतालाई विनास गर्नेगरी एउटा उच्च स्तरमा पुगेको उद्घोष गरे । ‘मिटर ब्याजको फन्दामा परिरहेका उद्योगी, व्यापारी र आम जनताहरुले गलत ढंगबाट लगाएको मिटरब्याज नतिनुस् ’ उनले भने ‘बरु हामीसँग संघर्षमा आउनुस् । हामी तपाईलाई पूर्ण रुपले साथ दिँदै आन्दोलनको माध्यमबाट मिटर ब्याजको गलत नीतिलाई ध्यस्त पार्ने अभियान अगाडि बढाउँछौं । हामीसँगसँगै अगाडि बढ्नुस् । तर, हामी यो भन्छौं मिटर ब्याजका पैसा नर्तिनुस् । उनको जायज पैसा के हो ? त्यो छलफल गरेर, छानविन गरेर तिरौंला । यसलाई आन्दोलनको माध्यमबाट अगाडि बढाउँदै मिटरब्याजबाट मुक्त गर्ने दिशामा अगाडि बढौं । तपाईहरुसँगसँगै हामी नेतृत्व गर्न तयार छौं ।’

यो दलाल राज्य व्यवस्था रहेसम्म विकृति र विसंगति झनै बढ्ने भएको हुँदा यसको अन्त्य गर्दै पार्टीले लिएको एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनुपर्ने नेता शीतलको भनाइ छ ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा पूर्वी दाङ जिल्लाकी इञ्चार्ज सम्झना सीले देशको संकटलाई निकास कसरी दिने तथा देशको संकटबाट जनतालाई कसरी मुक्त गर्ने र जनताले आफ्नो जीवन सरतापूर्वक खाने र बाच्ने अधिकारी कसरी प्राप्त गर्ने भन्ने विषयमा आफ्नो पार्टी गम्भीर भएको बताइन् । उनले पछिल्लो चरणमा ब्याप्त भएको मंहगी, बैंकको चर्काे ब्याजदर र वित्तीय संस्थाहरुको ज्यादतीले उद्योगी, व्यापार, व्यवसायी तथा आम जनतालाई सास्ती दिइएको भन्दै त्यसको विरुद्ध आज देशभर विरोध सभा भइरहेको समेत बताइन् ।No description available.
यो दलाल राज्य व्यवस्थाले जनताका छोराछोरीलाई गरिखान नपाउने वातावरण सिर्जना गर्दै नेताका आसेपासे, पुजारीहरुलाई मात्रै सुविधा पाउने र गरिखाने जुन स्थिति पैदा सिर्जना गरेको छ, त्यसकै विरुद्धको यो आन्दोलन भएको नेता सम्झानाले भनिन् ।

‘नेपाल कम्युनिस्ट पार्टी जनताको समस्यामा साथी बनेर उभिने प्रतिवद्धतासँग अगाडि बढेको छ ’ नेता सम्झना भनिन् ‘यहाँका दलालहरुको कानमा अझैपनि यो आवाजहरु पुगेन भने हामी चरणवद्ध संघर्षका आन्दोलनहरु घोषणा गर्ने छौं । र, गरिब र जनताहरुले गरिखान पाउने वातावरण सिर्जना गर्नका लागि आफ्नो पार्टी निरन्तर अगाडि बढ्ने छ । सधै जनताको साथमा रहेछ र नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टीलाई साथ दिने छन् । ’

अब गरेर खाने सरकार ल्याउनुपर्ने तथा यो देशमा उद्योग, व्यापार र केही गरेर खान्छु भन्नेलाई यो राष्ट्रले प्राथमिकता दिनुपर्ने र देशमा गरेर खानुपर्छ भन्ने वातावरण बनाउनुपर्ने इञ्चार्ज सम्झनाको भनाइ थियो । ‘हाम्रो देशको रक्षा गर्ने निरन्तर यात्रामा छौं ’ उनले भनिन् ‘ स्वाभीमानी जनता, व्यवसायी र राष्ट्रभक्तिले हाम्रो यो आन्दोलनलाई समर्थन गर्नुपर्छ । हामीले भनेका छौं, पार्टीको झोला एक पटक विसाउनुस् । हामी आह्वान गर्न चाहन्छौं, पार्टीभित्रका दलालहरुलाई पनि कालोमोसो दल्ने हिम्मत गर्नुस् । किनकि दलालहरुले त्यहीभित्रका कार्यकर्तालाई अपमान गरिरहेका छन् । तसर्थ एकचोटी राष्ट्रका लागि, देशका लागि स्वाभिमानी हातहरु एकजुट हुन जरुरी छ । स्वाभिमानी काधहरु एकजुट हुन जरुरी छ । स्वाभिमानीहरु सबै एक ठाउँमा केन्द्रित हुन जरुरी छ र यहाँका दलाल व्यवस्थाको अन्त्य गर्न वैज्ञानिक समाजवाद लागु गर्ने बेला आएको छ । ’No description available.

नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङको आयोजनामा आज घोराहीको तुलसीपुर चोकमा भएको मंहगी, बैंकको चर्काे ब्याजदर र वित्तीय संस्थाहरुको ज्यादतीविरुद्धको विरोध प्रदर्शनीको कोणसभालाई दाङका उद्योग, व्यवसायी तथा निर्माण व्यवसायीहरुले यो आन्दोलन व्यवसायी र जनताको पक्षमा भएको भन्दै समर्थन गरेका छन् ।No description available.

दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, वरिष्ठ उपाध्यक्ष नरेश कार्की लगायत अन्य व्यवसायीहरुले आन्दोलनको समर्थन गर्दै नेपाल कम्युनिस्ट पार्टीलाई धन्यवाद व्यक्त गरेका छन् । उनीहरुले व्यवसायीलाई उर्जा दिने, व्यवसायीको पक्षमा भएको आन्दोलनलाई आफूहरुको सदैव साथ रहने र सँगै अगाडि बढ्ने भन्दै बैंकले बढाएको ब्याजदरले व्यवसायीहरु मारमा परेको विषयलाई लिएर थुप्रै आन्दोलहरु भएतापनि आफ्ना मागहरु पूरा नभएको भन्दै अब व्यवसायीहरुले बैंक बारुद पट्काउ समेत पछि नपर्ने बताए । व्यवसायीहरुले ८ प्रतिशतमा लिएको ऋणको ब्याज अहिले १६/१७ प्रतिशतसम्म पुगेको र बैंकहरुले व्यवसायीहरुलाई फोन गरेर टर्चरसँगै धम्की दिइरहेको हुँदा यो आन्दोलनले थप मद्धत पुग्ने उनीहरुको भनाइ थियो ।

अटो व्यवसायी नेकपामा प्रवेश

उक्त कोणसभामा विभिन्न पार्टी परित्याग गरी घोराहीमा रहेका एक दर्जबढी उटो व्यवसायीहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी व्यवसायीहरुको पक्ष उभिएको भन्दै उनीहरुले पार्टी प्रवेश गरेका हुन् ।No description available.
नेपाल कम्युनिस्ट पार्टीका पिविएम शीतल सीले कोणसभा कार्यक्रममै अनिल बुढा, दिपक केसी, धनबहादुर गोतामे, कर्णबहादुर थापा, जग्गु चौधरी, सुरेन्द्र विक, बिनोद पुन, मोहन श्रेष्ठ, राम प्रसाद चौधरी, जोगबहादुर चौधरी राजेश विक र बमबहादुर बुढालाई टिका लगाएर स्वागत गर्दै पार्टीमा प्रवेश गराएका थिए ।No description available.

घोराहीको सहिदगेटबाट सुरु भएको उक्त ¥यालीमा मिटर ब्याजीलाई कारबाही गर, लघुवित्तलाई गाउँगाउँबाट लखेटौं, बैंक आतंक बन्द गर, बढ्दो मूल्यवृद्धि फिर्ता गर, भ्रष्टचारीलाई कारबाही गर, वित्तीय संस्थाको चर्काे शोषण बन्द गर, राष्ट्रिय उद्योगी र व्यापारीलाई राहत दे लगायतका नारा लगाउँदै बैंक रोड, दामदोर रोड हुँदै तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणन भएको थियो ।No description available.
कोणसभाको सहजीकरण नेपाल कम्युनिस्ट पार्टी पूर्वी दाङका सेक्रेटरी जनक सीले गरेका थिए ।

 

 

 

Facebook Comments