• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा २४ जना उद्येमीलाई बाख्रा बितरण




सल्यान, १३ फागुन । सल्यानको बागचौर नगरपालिका वडा नम्बर १ का २४ जना उद्येमीलाइ बाख्रा बितरण गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकाे आर्थिक तथा प्राबिधिक सहयोगमा संचालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत बागचौर नगरपालिका वडा नम्बर १ का २४ जना उद्यमीलाई बाख्रा वितरण गरिएको हो ।

गत वर्ष वडा नं. १ मा संचालन गरेकाे लघु उद्येम विकास कार्यक्रमका लालीगुराँस लघु उद्यमी समूह र सयपत्री लघुउद्यमी समूहका २४ उद्यमीलाई बाख्रा वितरण गरिएको हाे ।
गाउँमा रहेका महिला, स्वदेशमै बसी केही गर्न चाहने युवाहरु,तथा तथा पिछडिएका वर्गहरुलाई समावेश गरि २४ जना उद्येमीलाइ बाख्रा बितरण गरिएको हो । व्यवसाय बृद्धि र विस्तारका लागि २४ जना लघु उद्यमीहरुलाई बाख्रा वितरण गरिएको हाे ।
लघु उद्यमीहरूको हौसला बढाएर उनीहरूको आर्थिक स्थिति बदल्न नगरपालिकाका अन्य ११ वटा वडाहरु पनि यस्ता किसिमका कार्यक्रमहरु संचालन भइरहेका छन।

बागचाैर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गंगाराम बस्नेतकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जनकराज गाैतम, बिशिस्ट अतिथी नगर उप-प्रमुख सुम्निमा डि.सी वली, नगरपालिका उद्योग विकास शाखाका साेभाराम खड्का, निर्मला बस्नेत लगायत वडावासीहरुकाे उपस्थिति रहेकाे थियो ।

Facebook Comments