• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीमा कृषिलाई प्राथमिकता




घोराही, १३ फागुन । घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा कृषी स्टलहरुमा कृषी सामाग्रीहरु आकर्षणको केन्द्र बनेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा फागुन ३ गतेदेखी जारी प्रदर्शनीमा दाङको विभिन्न स्थानका कृषक समूहरुले उत्पादन गरेका कृषी सामाग्रीहरु राखीएको छ ।

प्रदर्शनीमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा रहेका लघु तथा घरेलु उद्योगबाट उत्पादन गरिएका वस्तुहरु राखीएको छ भने कृषकहरुले उत्पादन गरेको वस्तुहरु प्रदर्शनीकालागी राखीएको छ । साथै साना तथा घरेलु उद्योगहरु स्थापना, उत्पादन र बजारिकणका बारेमा सचेतनामूलक पर्चा पप्लेटहरु पनि प्रदान गरिएको छ ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीको स्टल न. १ सय १२ मा अर्गानिक कृषि उपज तथा प्रशोधन केन्द्र घोराहीले उत्पादन गरेको अचार, कागती, खुर्सानी, लसुन, करेला, अमारो, गोभी, मुला, काक्रो कृषि बिउ बिजन राखीएको छ ।

गैरागाँउ क्वाडी कृषी समूह घोराही १७ लगायत कृषक समूहले उत्पादन गरेका कृषी सामाग्रीहरु राखीएको छ । जसमा फुलगोबी, बन्दागोबी, गाठगोबी, मूला, रायो साग, फर्सी, ब्रो–काउली, टमाटर, आलु, चुकन्दर, हरियो मकै, लसुन, स्थानीय सिमजरा धान र चामल, तिल्की धान र चामल, चिन्ने धान र चामल, दंगाली तोरी, स्थानय रैथाने मकै, तीन पाखे धान, सेतो तील, कालो तील, स्थानीय भैसीको घ्यू, सिलाम, भटमास लगायतका सामाग्रीहरु अवलोकनकालागी राखीएको छ भने बिउबिजन सम्बन्धि जानकारीमूलक फ्लेक्सहरु राखीएको छ ।

जसमा अवलोकनकालागी दर्शकहरुको बाक्लो उपस्थिति रहने गरेको छ । स्टलमा समूहका सदस्यहरुको आलोपालो डिउटी हुने गरेको छ ।
स्टल न. १ सय ११ मा आचार्य फूड इन्डस्ट्रीज घोराहीले भांगो, तरकारी÷मासु मसला, बेसार, कालो चामल, मरिचको धुलो, चिया मसला, जिरा धनिया, तिल्की चामल, मकैको आटो राखेको छ ।
यस्तै जलजला पुष्प खेति घोराही १४ झिगौराले विभिन्न प्रजातिका पुष्पको बिरुवाहरु एवं पुष्पसम्बन्धी जानकारीमूलक पप्लेटहरु राखेको छ । स्टल न. ७ मा एकता महिला विकास बहुउद्धेश्य सहकारी फुर्सेखालीले उत्पादन गरेको धुलो बेसार राखीएको छ ।
स्थानीय उद्योग एवं उत्पादनलाई प्राथमीकता दिएर निशुल्क रुपमा स्टलहरु प्रदान गरिएको आयोजक मूल समितिले जानकारी दिएको छ । जसमा उद्योगी एवं कृषकहरुले उत्साहका साथ स्टलहरु सञ्चालन गरेको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।
शनिवार हजारौ दर्शकको उपस्थिति
प्रदर्शनीमा शनिवार हजारौ दर्शकहरुको उपस्थिति रहेको छ । एघारौ दिन शनिवार प्रदर्शनीमा १२ हजार बढि दर्शकहरुले प्रदर्शनीको अवलोकन गरेको सचिवालय संयोजक लब अधिकारीले जानकारी दिनुभयो । शनिवार कलाकारहरु चक्र बम, टीका सानु, रेश्मा पुन साखिरा मगर, शान्तराम सेञ्चुरी लगायत कलाकारहरुले आफ्नो प्रस्तुति राख्नुभएको थियो ।

आईतवार शिव परियार आउने
प्रदर्शनीमा आईतवार सुगम संगीतका चर्चीत गायक शिव परियारको प्रस्तुति रहने भएको छ । युवाहरुमाझ लोकप्रीय गायक शिव परियारको प्रस्तुति आईतवार हुने सांस्कृतिक समितिका संयोजक सुरज बुढाथोकीले जानकारी दिनुभयो । परियारसँगै कृष क्षेत्री, अवन्तिका सुनार, प्रकाश सोनी लगायतका कलाकारहरुको प्रस्तुति रहने भएको छ ।

Facebook Comments