• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
प्रधानमन्त्रीको निर्देशनमा आगलागीका घाइतेलाई हेलिकप्टरमा काठमाडौं ल्याइयो




काठमाडौं, १३ फागुन। आगलागीमा परेर सिकिस्त भएका अछामकाे पञ्चदेवल विनायक नगरपालिका वडा नं.-८ काेसेडीका दुईजना युवाहरूलाई प्रधानमन्त्री कार्यालयकाे पहलमा थप उपचारका लागि नेपाली सेनाकाे हेलिकप्टरबाट काठमाडौं ल्याइएकाे छ।

फागुन ११ गते घरमा नै आगलागीमा परेपछि पञ्चदेवल बिनायक नगरपालिका वडा नं.-८ काेसेडी निवासी वर्ष २१ का हिमराज राेका मगर र वर्ष १९ का पिरम राेकामगर गम्भीर घाइते भएका थिए। जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएकाे थियाे।

घाइतेमध्ये हिमराज राेका मगरकाे शरीरकाे ८० प्रतिशत भाग जलेकाे छ भने पिरम राेकामगरकाे ३६ प्रतिशत जलेकाे छ। सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंकाे कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपील गरेका थिए।

प्रधानमन्त्री कार्यालयले घटनाकाे संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयकाे समन्वयमा नेपाली सेनाकाे हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौं ल्याइएकाे हाे।

Facebook Comments