दाङ, १२ फागुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठले शिक्षासँगै संस्कार र सीप आवश्यक रहेकाे बताएका छन् ।
दाङकाे घाेराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित ज्ञानज्याेति एजुकेसनल एकेडेमीकाे १३ ओैँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा बाेल्दै उपाध्यक्ष श्रेष्ठले विद्यार्थीलाई शिक्षासँगै संस्कार र सीप आवश्यक रहेकाे बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उपाध्यक्ष श्रेष्ठले ज्ञानका लागि शिक्षा, सभ्यताका लागि संस्कार जीवन निर्वाहका लागि सीप आवश्यक रहेकाे बताउँदै संस्कार र सीपसहितकाे शिक्षा अपरिहार्य रहेकाे बताए ।
`शिक्षा राेजगारमुखी हुनुपर्छ, राेजगारमुखी शिक्षाले नै जीवनयापनमा सहजता ल्याउने र आत्मनिर्भरकाे मार्ग प्रशस्त गर्दछ । हाम्रा उत्पादनमा आत्मनिर्भर र स्वभिमानी रहनुपर्छ । ´ उपाध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी, घाेराही उपमहानगरपालिका वडा न. १३ का वडाध्यक्ष डुल्लुराम पाेख्रेल, प्याब्सन लुम्बिनी प्रदेशका काेषाध्यक्ष अमर सुवेदी, प्याब्सन दाङका वरिष्ठ उपाध्यक्ष विजयमान जिएम, मेरिल्यान्ड पब्लिक एकेडेमीका प्रिन्सिपल राजेन्द्रकुमार श्रेष्ठले, अभिभावक केशब गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
२०७७ काे एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने रविन वली र २०७८ काे एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने पुजन पुनलाई सम्मान गरिएकाे थियाे ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए । साथै विज्ञान तथा शैक्षिक सामग्री समेत प्रदर्शनी गरिएकाे थियाे । खेलकुद सप्ताह अन्तर्गत भएका खेलमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कार, प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियाे । शैक्षिक सत्र २०७८ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियाे ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष टीका गिरीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । प्रिन्सिपल बीरेन्द्र चन्दकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण भाइस प्रिन्सिपल लक्ष्मीप्रसाद बुढाले गरेका थिए ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
