बाँके, ११ फागुन । बाँकेका मिटर ब्याजी र लघुवित्त पीडितहरूले आफुहरूलाई झुन्डिएर मर्ने अवस्थामा पुर्याएकाे गुनासो गरेको छन् ।
पीडितहरूले मिटर ब्याजी र लघुवित्तले आफुहरू माथि चर्को आर्थिक शाेषण गरेर घरवारविहीन अवस्थामा पुर्याउने गरि टर्चर दिएको बताएका छन् ।
नेकपा बाँकेले बुधबार नेपालगन्जमा आयाेजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका मिटर ब्याजी र लघुवित्त पीडितहरूले पत्रकार सामु आफुहरूलाई उठिबास हुनेगरी टर्चर दिने गरेको गुनासो गरेका हुन् ।
खजुरा बि गाउँकी मिटर ब्याजी र लघुवित्त पीडित शान्ति धाैलाकाेटीले सिवाइसी लघुवित्तकाे चर्को शाेषणले गाउँका धेरै जसाे महिलाहरू भागेर विदेश जान बाध्य भएको गुनासो गरिन ।
उनले आफूले ५० हजार ऋण ल्याएर ४३ हजार तिरी सक्दा पनि लघुवित्त संस्थाले धेरै मानसिक टर्चर दिने गरेको गुनासो गरिन ।
यस्तै राेल्पा घर भइ हाल नेपालगन्जमा गार्मेन्ट उद्योग संचालन गरिरहेका मिटर ब्याजी पीडित केशवराज खड्काले आफूले कमलकुमार साहुबाट ३ लाख रूपैयाँ ऋण लिएको र १० प्रतिशत ब्याजदरमा फसाएकाे गुनासो गरे ।
उनले भने “३ लाखौंको नाममा २ लाख ७० हजार मात्रै दिए, १ लाख ८० हजार तिरिसकेकाे छु, तर पनि मिटर ब्याजी कमलकुमारले आफूबाट लिएको खाली चेकका आधारले जिल्ला अदालत बाँकेमा चेक बाउन्सकाे मुद्दा दिएका छन ।”
उनले सरकारी ब्याजदरकाे हिसाबले पैसा तिर्न तयार भएपनि १० प्रतिशतको ब्याजदरले पैसा तिर्न आफू तयार नभएको बताए ।
उनले खाली चेक दिनु आफ्नो गल्ती भएको भन्दै आफूजस्तै कैयौं मान्छेलाई मिटर ब्याजमा पैसा दिएर कमलकुमारले फसाएकाे बताए ।
अर्का पिडित खजुरा बि गाउँकी जयकुमारि मल्लले सिवाइसी भन्ने लघुवित्तिय संस्थाले फसाएकाे बताइन् । उनले वित्तीय संस्थाको चर्को ब्याजदरले मर्नु न बाँच्नु बनाएको बताइन् ।
उनले भनिन् “एकैचोटि सिवाइसीले ३ दिन भित्र ७ लाख ऋण पाउनु हुन्छ भयो, पहिलेको ऋण मिटर ब्याजमा ल्याएर भएपनि चुक्ता गर भन्यो, १ लाख ६५ हजारको चेक दिएर मिटर ब्याजमा पैसा निकाली चुक्ता गरे, तर ७ लाख ऋण पाइन अहिले मिटर ब्याजमा ऋण दिनेले टर्चर दिएको छ ।”
यस्तै खजुरा सी गाउँकी संगीता सुनारले लघुवित्त र मिटर ब्याजीकाे चर्को ब्याजदरले आफ्नो गरिखाने गाडी समेत गुमेको गुनासो गरिन ।
उनले सिवाइसी, उपकार, ओमी, उन्नति जस्ता लघुवित्तहरूले आफूजस्ता सैयाैं महिलाहरूलाई फसाएकाे गुनासो गरिन ।
उनले भनिन् ” ७ लाख दिन्छौं भनेर फसाए, बचत माग्दा पनि दिदैनन् , म समुहमै छैन भन्दापनि आफ्नो बचत पाएन ।”
उनले किस्ता तिर्न १/२ दिन ढिलो हुदा पनि घरमा बालबालिका समेतलाई असर पर्ने गरि गालीगलाैज गर्दै टर्चर दिने गरेको गुनासो गरिन ।
यसरी जिल्लाभर मिटर ब्याजी र लघुवित्तकाे साेझा जनता माथि चर्को शाेषणकाे आतंक हुदा नेकपाले भने यसका विरूद्व संघर्षकाे कार्यक्रम घाेषणा गरेको छ ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
