सिसहनियाँ,९ फागुन । राप्ती गाउँपालिका स्थित दोलई खोलाको मंगलबार अनुगमन गरिएको छ।
दाङ जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सुशील वैधको नेतृत्व र लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित चौधरी विशेष उपस्थितिमा सो खोलाको अनुगमन गरिएको हो।
अनुमान पश्चात् मन्त्री चौधरीले यस क्षेत्रीको डुबानको समस्या समाधान गर्नका लागि आफुले विशेष पहल गर्ने बताउनु भएको छ।
वर्षातको समयमा पालिकाको वडा नम्बर ४,५ र ८ का धेरै जसो गाउँहरुमा डुवानको समस्या रहेकाले त्यसको समाधान खोज्ने उदेश्यले खोलाको अनुगमन गरिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनु भएको छ।सो अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा ,राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चौधरी,दाङ जिल्ला प्रहरी प्रमुख वीर बहादुर ओली,जिल्ला समन्वय अधिकारी मोहन सुवेदी ,जिल्ला अनुसन्धान कार्यलय दाङका प्रमुख केशव न्यौपाने,वडा नम्बर चारका वडा अध्यक्ष वीर बहादुर चौधरी,पाँचका अध्यक्ष देव प्रसाद चौधरी,आठका अध्यक्ष चन्द्रबहादुर गुरुङ ,प्रहरी चौकी सिसहनियाका प्रमुख जीवन केसी,गाउँकार्यपालिका सदस्य रण बहादुर पुजाली,राप्ती गाउँपालिकाको विपत व्यवस्थापन शाखाका शाखा प्रमुख सुवास भट्टराई ,समाजसेवी तथा राजनैनिककर्मी खिम बहादुर केसी लगायत स्थानीय बासीहरुको सहभागीता रहेको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
