• ४ फाल्गुन २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
सडक निर्माण अलपत्र पारेको भन्दै सडक कार्यालयको मुलगेटमा तालाबन्दी




घोराही, ८ फागुन ।

निर्माण कार्यको जिम्मेवारी लिएर लामो समय सडक निर्माण कार्य नसकेर लथालिङ्ग पार्दा नागरिकले अनाहक दुख पाएको भन्दै निर्माणकार्य चाँडो सम्पन्न गर्न दवाव दिन स्थानीयले सडक डिभिजन कार्यालय दाङको मुल गेटमा तालाबन्दी गरेका छन् । २०७० सालदेखि निर्माण थालनी गरेर अहिलेसम्म पनि सडक निर्माणको काम सम्पन्न नगरी ठेकेदार कम्पनी वेपत्ता हुँदा पनि सडक डिभिजन कार्यालयले चासो नलिएर नागरिकलाई दुख दिएको भन्दै दवाव स्वरुप आज कार्यालय समयमा सडक डिभिजन कार्यालय पुगेर मुल गेटमा तालाबन्दी गरेर कार्यालय प्रमुखसहित कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् ।No description available.

कटुवाखोला तुलसीपुरको चोक सडक पटक पटक म्याद भएर पनि काम नगर्ने ठेक्दारलाई म्याद गुज्रिएको लामो समय भई सक्दा पनि कारवाही नगर्ने, काम पनि नगर्ने अवस्थाको अन्त्य गर्दै अबिलम्ब सडक निर्माण र मर्मत कार्य अघि बढाउन दवाद दिईएको छ । घोराहीस्थित सिद्धार्थ गौतमनगर टोल विकास संस्था, बयलडाँडा चौतारी क्लवको नेतृत्वमा गएको दवाव समुहमा दाङ जिल्ला उद्योग वाणिज्य संघ, नागरिक समाज, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय नागरिकको उपस्थिति रहेको थियो ।

यसअघि पनि सडक कार्यालयमा प्रमुखलाई भेट गरि समस्याको बारेमा जानकारी गराएको तर कामले सार्थकता नपाए पछि बाध्य भएर सडकमा उत्रिनु परेको सिद्धार्थ गौतमनगर टोलका अध्यक्ष चित्रकान्त आचार्यले बताउनुभयो । यसप्रकारको दवावको सुनुवाइ नभए आगामि दिनमा कडा आन्दोलन गर्न बाध्य हुने स्थानीयको चेतावनी छ । घोराही तुलसीपुर चारलेन सडक निर्माणको नाममा भएको ढिलासुस्तीका कारण २५ बढीको ज्यान गएको, कैयौं घाइते भएको तथा परिवारमा बिचल्ली भएको अवस्थामा पनि राज्य मौन बसेको हुँदा अब नागरिक अब चुप लागेर नबस्ने उनीहरुको भनाई रहेको छ ।

अस्तव्यस्त लथालिङ्ग फोरलेन सडकसहित निर्माणाधीन सडकहरु समयमै निर्माण गर्न दवाव स्वरूप धर्ना कार्यक्रममा नागरिक समाज दाङका संयोजक केबी मसाल, दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकी, स्थानीय टोलका अध्यक्ष शिवशंकर देवकोटालगायतले अब जनतालाई यो वा त्यो बहाना देखाएर अल्मलाउन नमिल्ने भन्दै जनताको करबाट बन्ने हरेक काम समयमै सम्पन्न गर्न चेतावनी दिनुभयो । घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको सडक अहिलेसम्म निर्माण सम्पन्न नहुँदा ट्राफिक चोक सँधैको घुलाम्य हुँदा स्थानीयलाई बस्ने, व्यवसाय गर्ने वातावरण नभएकाले नागरिकको स्वास्थ्यमा खेलवाड नगर्न पनि सचेत गराईएको छ ।

विरोध सभापछि १० बजे मुलगेटमा तालाबन्दी गर्ने समयमा प्रहरीले अवरोध गर्न खोजेपछि विरोधकर्ताले नाराबाजी गरेका थिए दवावमुलक कार्यक्रमको सहजीकरण बयलडाँडा चौतारी क्लवका अध्यक्ष नारायणप्रसाद भुसालले गर्नुभएको थियो ।

Facebook Comments