२०७९/११/0७ गतेका दिन तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुर मा स्वस्थ , शान्ति , सुरक्षा अभियान अन्तर्गत निशुल्क स्वास्थ्य शिविर एवं जनचेतनामूलक कार्यक्रम सभ्य र भव्यका साथ सम्पन्न भएको छ ।
अभियान का प्रमुख रमेश परियारको अध्यक्षता, तुलसीप्र.उ.म.न.पा. वडा नं. ७ का वडा अध्यक्ष श्री राम बहादुर जिसिको प्रमुख आतिथ्यता , ईलाका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक श्री मिलन श्रेष्ठ ज्युको विशिस्ट अतिथी , प्रहरी सहायक निरीक्षक श्री रमेश बिसिको विशिस्ट अतिथी , का पत्रकार आशिष के.सि नेशनल बाथ रोग सेन्टर तुलसीपुरका संचालक शिव श्रेष्ठ एवं फोटोग्राफर युवाहरु , शिक्षक , राजनीति दल का नेतागनहरु , वडावासीहरु को उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको थियो ।
बिहान ८ बजे देखि शुरु भएको निशुल्क स्वास्थ्य शिविर मा १०८ जनाले स्वास्थ लाभ लिनु भएको थियो । उक्त शिविर नेशनल बाथ रोग सेन्टर , तुलसीपुरले डाक्टरहरु एवं चेकजाँच सामाग्री उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा सुरक्षा सम्बन्धि श्री रमेश बिसिले उपस्थित सम्पुर्ण टोलवासिहरु लाई प्रहरी सदैव जनता को सुरक्षामा खटेको र जनता पनि विना बर्दी का प्रहरी भएको हुँदा समाजमा हुने सबै किसिमका घटनाको सत्य तथ्य जानकारी दिई प्रहरी लाई शान्ति सुरक्षा कायम गर्न सहयोग गर्न पनि आह्वान गर्नु भएको थियो । तसै गरि वडा अध्यक्ष श्री राम बहादुर जिसिले आफ्नो कार्यकाल सम्म पुर्णरुपमा ७ नं वडावासीहरु को हकहित मा कुनै पनि कसुर नछोडी विकास ,रोजगार , एवं जनहितका कार्य गर्ने प्रतिबद्धता जनाउनु भएको थियो साथै उहाँले अभियान सँँग मिलेर युवा स्वरोजगार का कार्यक्रम , स्वास्थ कार्यक्रम , शान्ति सुरक्षा का कार्यक्रम मा सहकार्य गर्दै जाने समेत प्रतिबद्धता जनाउनु भएको थियो ।
त्यसै गरि जित ग्रुप अफ कम्पनी का संचालक श्री जित जंग वलिले युवायुवती लाई कुलत , लागू औसध ले आफ्नो स्वास्थ लाई नोक्सान का साथै ज्यान समेत जाने भएकाले समयमा नै सचेत भै सभ्य नागरिक बन्न र सकारात्मक तरिकाले समाज परिवर्तन मा लाग्न जोड दिनु भएको थियो । उक्त अवसरमा पत्रकार आशिष केसिले आफू पनि पत्रकारिता मार्फत भए पनि सदैव सभ्य समाज निर्माण मा समर्पित रहेको जानकारी दिनु भएको थियो । कार्यक्रम अध्यक्षता ग्रहण गर्नु भएका अभियान प्रमुख रमेश परियारले साच्चिकै देश लाई विकास , शान्ति सुरक्षा दिनु छ भने युवाहरूलाई पहिलो कुरा त रोजगार दिनु पर्नेमा जोड दिनु भएको थियो ।
जब मानिस रोजगार मा लागि समय काममा व्यस्त भएमा उसले नकारात्मक सोच्ने अवसर नै नपाउने भन्नू भएको थियो । उहाँ ले बेरोजगार युवायुवती लाई छिटोभन्दा छिटो रोजगार मा परिवर्तन गर्न वडा सरकार , स्थानीय सरकार , प्रदेश सरकार एवं केन्द्र सरकार संग समन्वय गर्दै रोजगारमुलक तालिम प्रदान गर्ने र व्यवसाय मा परिणति गर्ने योजना भएको बताउनु भएको थियो । साथै कार्यक्रम लाई आ–आफ्नो ठाउँ बाट साथ सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनु भएको थियो । उक्त कार्यक्रम बाट अभियान को वडा नं. ७ को समिती श्री कुल प्रसाद कालाथोकी लाई अध्यक्ष नियुक्त गरेको थियो भने कार्यक्रम को सहजीकरण रेडियो तुलसीपुर का लेखा एवं बिज्ञापन विभाग प्रमुख श्री तेज परियार ज्यु ले गर्नु भएको थियो ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
