२०७९ फाल्गुन ७ गतेको दिन अखिल नेपाल स्वतंत्र बिध्यार्थी यूनियन (छैटौ) को दाङ जिल्ला भेला दाङको घोराहीमा संपन्न भएको छ ।
“सम्पूर्ण वामपन्थी, प्रगतिशील तथा देशभक्त तथा जनतान्त्रिक बिध्यार्थी एक हौ” भन्ने मूल नाराको साथमा अत्यंत जुझारू उत्साहको साथमा बिध्यार्थीको भेला संपन्न भएको छ। आज युवा बिहीन अबस्थामा देशलाई पुर्याइयो यो स्थिति कसले किन कुन उद्देशले गर्दा भयो बिध्यार्थीले प्रश्न गरेका छन। यो देशलाई बिदेशिको क्रीडास्थल बनाए आजका सत्ताधारी बिदेशिका दलाल हरुले। देशको आज स्थान खसकोछ। राष्ट्रीयता गुम्न लागेको अबस्था हो यो।
कार्यक्रममा प्रमुख अतिथि दीपक पौडेलले कविता वाचन बाट आफ्नो मंतव्य राख्नु भएको थियो। आफ्नो कविता यस प्रकारले राख्नु भएको थियो। “ बाचूँजेल संघर्ष गर मरे त के लाग्छ फ़ुलुंजेले फूल सुवास छर झरे त के लाग्छ मृत्यु त यहाँ सबैको हुंछ मृत्यु मैं फरक छ तोडदैमा जंजीर जीवन सारा टरे त के लाग्छ”
उहाँले नीति बिहीन राज्यले अन्धोको भूमिका निर्वाह गरेको छ अब बिध्यार्थी सिप मूलक शिक्षाको लागी संघर्ष गर्नु पर्नेमा जोड दिनु भएको थियो।
नेपाल कम्मूनिस्ट पार्टी (मशाल) का केन्द्रीय सदस्य शशीधर भण्डारीले अखिल “छैटौ”को बिगत इतिहास र मित्रमणि आचार्य देखी कृष्णसेन इक्षुकको संक्षिप्त इतिहास भन्नु भएको थियो। कार्यक्रममा ने क पा (मशाल) का जिल्ला सचिब राम बहादुर जी एमले यो देश युवा बिहीन बन्न लागेको प्रति दुख व्यक्त गर्नु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै ने क पा (मशाल) का जिल्ला सदस्य टिका बहादुर बी क ले हाम्रो देशको भविष्य तपाई हरु नै हो तपाई हरुले आफ्नो भविष्य यही खोज्नू पर्छ भन्नु भयो। अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य लीला बहादुर पुन (लालध्वज) ले देशका सम्पूर्ण युवा शक्ति अब ने क पा मशालमा आबद्ध हुन हार्दिक अपील गर्नु भएको थियो।
कार्यक्रमलाई प्रगतिशील पत्रकार संघको केन्द्रीय सदस्य मेघराज भट्टराईले यो देशका कर्णधारले आफ्नो भविष्य नदेखने अबस्थाको स्थिति सृजना हुनुको पछाड़ी दलाल पूँजीवादको कारण हो भन्नु भएको थियो कार्यक्रममा उत्सव पुनले कविता बाचन गर्नु भएको थियो। उहाँले नीति बिहीन राज्यले अन्धोको भूमिका निर्वाह गरेको छ अब बिध्यार्थी सिप मूलक शिक्षाको लागी संघर्ष गर्नु पर्नेमा जोड दिनु भएको थियो।
भेलाका जिल्ला संयोजक सेवक भट्टराईको अध्यक्षतामा तथा अखिल “छैटौ”का केन्द्रीय संयोजक दीपक पौडेलको प्रमुख अतिथिमा भेला भएको थियो। उत्सव पुनको स्वागत स्वागत मंतव्य बाट शुरू भएको कार्यक्रमको संचालन यमसरि घर्तीले गर्नु भएको थियो।
उक्त भेलाले सेवक भट्टराई नेतृत्वमा १५ जिल्ला सदस्य कार्यसमिति गठन गरेको छ। जस्मा अध्यक्ष सेवक भट्टराई, सचिवमा यमसरी घर्ती, उपाध्यक्षमा झलक खड़का, कोषाध्यक्षमा प्रकाश केसी, सहसचिवमा उत्सव पुन, सदस्यअरुमा रेग बहादुर घर्ती, काशीराम न्यौपाने, राजन भट्टराई, शर्मिला भट्टराई, रोशनी जी एम , मेघराज जी सी, दिव्य सेती मगर , बिपिन पांडेय , रमिता रोका मगरको दाङ जिल्ला समिति गठन भएको छ छ।

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो।
