• ३ फाल्गुन २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शिक्षण सिकाइमा गुरुकुलको फरक अभ्यास 




दिपक वली
फाल्गुन ८ दाङ । घोराहीमा रहेको गुरुकुल एकेडेमीमा कक्षा २ मा अध्ययनरत वद्यिार्थी सुशोभित पौडेल जम्मा ८ बर्षका भए बजारमै जन्मएि बजारमै हुर्कए । ८ बर्षको उमेरसम्म उनले अहिलेसम्म खाना पकाउने,कपडा धुने कामदेखि अन्य घराएसि कामको बारेमा जान्ने मौका पाएका थिएनन ।

तर विद्यालयले दशै तिहारको अवसर विद्यालयमा अध्ययनरत वद्यिार्थीलाई ग्रामीण जीवनको ज्ञान गराउने उदेश्यले बगलाचुली गाउँपालकिा वडा नम्बर २ को मर्पेसडाडामा क्लोज क्याम्पमा लगेपछि धेरै ग्रामिन भेगको अबस्था बुझ्ने अवसर प्राप्त गरेको मात्र गरेनन ,उनिहरुले ग्रामिन बस्तिको काम आफै गर्ने मौका पाए र यो कामबाट धेरै सफलता हासिल पनि गरे । विद्यालयले कक्षा ९ का बिद्यार्थिहरुलाई क्लोज क्याम्पमा राख्ने निर्णय बिद्यालयको आन्तरीक पाठ्यक्रममा राखेर गरेको थियो ।

सोहि अनुरुप कक्षा २ का विद्यार्थिहरुलाई पनि यो बर्षबाट बार्षिक रुपमा क्लोज क्याम्पमा राख्ने निर्णय भएको हो । फाल्गुन ६र ७ गते गरीएको क्लोज क्याम्प आज समापन गरीएको छ । कक्षा २ का बिद्यार्थिहरुले आफुलाई आबश्यक पर्ने खानेकुरा किराना पसलबाट किनेर ल्याृउने तरकारी केलाउने देखि खाना पकाउने र भाडा मिस्ने लगाएतका काम आफै गर्ने गरेका छन भने चित्र बनाउने ,योगा गर्ने ,बोल्न सिक्ने ,सरसफाई को काम गर्ने लगाएतका कामगर्ने गरेका छन । बुवा आमाको काखमा बसेर घरमा खाना पकाउने,कपडा धुने काम कहिले नगरेका उनिहरु बिद्यालयका शिक्षकहरु संग बसेर सिक्न पाउदा निकै खुसि भएका छन ।

सुशोभित पौडेल मात्र नभएर ८÷९ बर्षका ३९ जना बिद्यार्थि क्लोज क्याम्पमा बसेका हुन । आफ्ना शिक्षक शिक्षिकाको सहयोगमा धेरै कुरा सिकेका उनिहरुले ग्रामीण जीवनको महत्वसंगै बिहानदेखि साझसम्म कसरी जीवनयापन गरिदो रहेछ भनेर सिक्ने अवसर मिलेको बताए । त्यसगरी उनीहरुले क्लोज क्याम्पले दैनकि जीवनको महत्त्वसंगै आफु जस्ता बालबालिकाले ग्रामीण जीवनको परीवेशमा पारीवारीक बातावरण बाहिर बसेर कसरी पढ्दा रहेछन भनेर बुझ्ने अबसर मिलेको बताए । यसले विद्यालयमा सैधान्तकिसंगै व्यवहारकि ज्ञान अभिभावकको भनाई छ ।

घरबाट २ दिनको लागि क्लोज क्याम्पमा जानेभन्दा बुबाआमाले मन गर्नुभएको थिएन बिद्यार्थिले भने तर आफुसंगै सरहरुले भनेको भनेपछि अभिभावकले पनि सहमति जनाएर क्लोज क्याम्पमा बासालेका हुन । अहिले ति साना बच्चाहरुले २ दिने क्लोज क्याम्प सफल भएपछि बिद्यालय मात्र होइन अभिभावकपनि खुसि छन । अहिले क्लोज क्याम्पमा रहेका विद्यार्थीहरुले बिहान ५ बजेदेखि साझ ७ बजेसम्म आफै पकाउने,अध्ययन गर्ने गरेको विद्यालयकी मन्टेस्वरी प्रमुख लोचना पौडेलले बताउनुभयो ।

घोराहीको रतनपुरमा रहेको स्कुलले कक्षा २का बिद्यार्थिहरुलाई यो बर्ष बाट क्लोज क्याम्पको आयोजना गरीएको भएपनि कक्षा ९का बिद्यार्थिहरुलाई २०७५ सालदेखि प्रत्येक वर्ष जीवन उपयोगी शिक्षासंगै व्यबहारकि ज्ञानको उदेश्यले क्लोज क्याम गर्दै आएको वद्यिालयका सहप्राचार्य मुकुन्द गिरीले जानकारी दिनुभएको हो । उँहाका अनुसार कक्षा २ का बिद्यार्थिहरुलाई फाल्गुन ६ गते देखि राखिएको क्लोज क्याम्प ७ गते अर्थात आज समापन गरीएको हो । साना बच्चा भएको कारण २ दिन मात्र क्याम्पमा राखिएको उँहाले बताउनुभयो । आज भएको क्याम्प समापन समारोहमा पत्रकार मँहासंघ दाङका अध्यक्ष दुर्गालाल केसि ,निवर्तमान अध्यक्ष तथा सल्लाहाकार सविन प्रियासन, उपाध्यक्ष सन्तोस सुबेदि लगायतका पत्रकारहरुले विद्यालयले आयोजना गरेको क्लोज क्याम्पले वद्यिार्थीलाई आफ्नो जीवनको महत्त्वबारेमा बुझ्ने अवसर मिलेको बताएका थिय ।

गुरुकुल एकेडेमिका यस्ता फरक शिक्षण सिकाईले बिद्यार्थिको सर्वागिंन बिकास हुने भन्दै पत्रकार तथा उपस्थित अभिभावकले यस्ता कार्यक्रम नियमित संचालन गर्न समेत अनुरोध गरेका थिए । गुरुकुल एकेडेमीका प्रधानाध्यापक डां कृष्णराज डिसिको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार तथा अभिभावकले आ–आफ्नो भनाई राखेका थिए भने बिद्यालयका अध्यक्ष ई. अनन्त राज घिमिरेले यस्ता कार्यक्रम सफल पार्न सहयोग गरेकोमा धन्यबाद ज्ञापन गनुभएको थियो । बिद्यालयका सह–प्राचार्य मुकुन्द गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मन्टेस्वरी शिक्षिका ज्योति बुढा नेपाली बिषयका बिभागिए प्रमुख तथा बिद्यालयका प्रबक्ता बिबेक देवकोटाले गनुृभएको थियो ।

क्लोज क्याम्प सफल पार्न रात दिन खटेको भन्दै बिद्यालयले क्लोज क्याम्पमा बसेका शिक्षक तथा शिक्षिकाहरुलाई सम्मान समेत गरीएको थियो ।

Facebook Comments